बुद्ध धर्मालम्वीहरुको आस्थाको केन्द्र मानिएको गोल्म दरवार चन्द्रपुरमा विभिन्न संरचना निर्माण गरिने भएको छ । चन्द्रपुर नगरपालिका वडा नं. १ मा रहेको गोल्म दरवार करिव पाँच सय बर्ष पुरानो भएको मानिन्छ । सो दरबार अहिले भग्नावशेस अवस्थामा रहेकाले त्यसलाई पुनः निर्माण गरि त्यस स्थानलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने भएको हो । गुल्म राजा वुद्ध विहारका सुबनास्ती वा अध्यक्ष भिक्षु मेदङ्गलले यस स्थानलाई धार्मिक वा सांस्कृतिकका रुपमा विकास गरी पर्यटक भित्राउने लक्ष्य राखेको बताउनुभयो । यस क्षेत्रमा रहेको भग्नावशेस दरवार ऐतिहासिक र पुरातात्वीक रहेको उहाँको भनाई छ । यो दरवार २२ से वा २४ राज्य भएको समय हुन सक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार विभिन्न अध्यायन वा तथ्यले यस क्षेत्र (टुडिखेल) सेन बंशिय राज्य भएको समयको पुष्टि गर्दछ । यस पुरातात्विक क्षेत्र र दरवारको संरक्षण गरी धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने भिक्षु मेदङ्गलले बताउनुभयो । गुल्म राजा वुद्ध विहार स्थापना गरिरहेको उल्लेख गर्दै उहाँले यहाँ ध्यान योग केन्द्र बनाईने जानकारी समेत दिनुभयो । यस क्षेत्रमा रहेको वनलाई संरक्षण गर्ने गरी ध्यान साधनका बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो । ऐतिहासिक, धार्मिक र सास्कृतिक रुपले महत्वपूर्ण रहेको यो टुडिँखेललाई पर्यटकयि गन्तव्यको रुपमा विकास गरिने गुल्म राजा वुद्ध विहार समिति चन्द्रपुरले जनाएको छ । धार्मिक पर्यटकिय गन्तव्य बनाउने उदेश्य राखिएकाले यसले विशेष गरी यहाँका बासीको आय उन्नतीमा प्रगति हुने समितिको बुझाई छ । यस क्षेत्रमा थाईल्याण्डको राजाबाट प्राप्त उपहार भगवान् गौतम बुद्धको मुर्ति स्थापना गरिने भएको हो । सो क्षेत्रमा संघिय संसाद देव प्रसाद तिमल्सिना तथा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्ले पुग्नुभएको हो । ऐतिहासिक महत्व बोकेको यस क्षेत्रको विकासका लागि सहयोग गर्ने वचन दिदै उहाँहरुले धार्मिक पर्यटकिय गन्तव्य बनाउन समितिलाई सुझाव समेत दिनुभयो ।