रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ५ चाँदी नदिको किनारमा निजि प्रयासमा सन्तानेश्वर महादेव मन्दिर तथा धर्मशाला निर्माण भएको छ । यहाँका धार्मिक अगुवा स्थानिय शम्भु भट्टराईको एकल पहल र प्रयासमा मन्दिर तथा धर्मशाला निर्माणले पूर्णता पाएको हो । सन्तानेश्वर महादेव मन्दिरमा विभिन्न देवीदेवताका मुर्तिहरु प्रतिस्थापन गरिएको छ । उहाँका अनुसार गणेश, विष्णुलक्ष्मी, नागनागिन, पंञ्जमुखी हुनुमान लगायतका देवी देवताको पुजा गर्ने सकिन्छ । मन्दिर परिसरमा हालै मात्र १०८ शिव लिङ्ग बनाईएको उहाँले जानकारी दिनुभयो । यहाँ धार्मिक महत्व वोकेको यस मन्दिरमा दर्शनका लागि छिमेकी जिल्लाहरुबाट समेत श्रद्धालुहरु आउने गरेको उहाँले बताउनुभयो । उहाँले २०५८ साल देखि नै मठ मन्दिर निर्माणमा लागेको र आफनो निजि लागनी समेत गरेको उल्लेख गर्नुभयो । यस मन्दिरमा साउन, तिज, शिवरात्री तथा अन्य पर्वमा अधिक मात्रामा भतmजनको घुईचो लाग्ने गर्दछ । चाँदी नदिको किनारमा अवस्थित यस मन्दिरमा निजि लागनीमा देवीदेवताको संरचना बनेपछि श्रद्धालुहरुको भिड बढ्ने गरेको छ । सोहि मन्दिर नजिकै सन्तानेश्वर धर्मशाला निर्माण भएको छ । धर्मशाला पनि निजि लगानीमा नै बनेको धर्मशाला निर्माण समितिका अध्यक्ष समेत रहनुभएको भट्टराईले बताउनुभयो । धर्मशाला भवन निर्माणका लागि ८० देखि ८५ लाख खर्च भएपनि सामान्य सहयोग भने चन्द्रपुर नगरपालिकाले गरेको उहाँले जानकारी दिनुभयो । अव शौचालय र खानेपानी ट्याङ्गकीको व्यवस्थापनमा जुटेको उहाँको भनाई छ । यस भेगमा धर्मशाला नरहेको अवस्थामा निर्माणमा आफुले जोड दिएको उहाँले बताउनुभयो । यहाँ विवाह, बर्तवन्ध, तथा बास बस्नका लागि पनि उपयुतm रहेको छ । विशेष गरी बोलबम यात्री तथा बालाचर्थुतीका दिन धर्मशालामा बस्नेको संख्या अधिक रहने गरेको उहाँले जानकारी दिनुभयो । अहिले सम्म कसैबाट शुल्क नलिएको र निशुल्क रुपमा सेवा दिदै आएपनि कहिले भने स्वेच्छाले दानपेटीमा पैसा राख्ने गरेको उहाँले प्रष्ट पार्नुभयो । दानपेटीकाबाट संकलन भएको रकम मन्दिर तथा धर्मशाला व्यवस्थापनमा नै खर्चिने गरेको धार्मिक अगुवा भट्टराईले बताउनुभयो ।यस क्षेत्रमा धर्मशाला नभएको अवस्थामा बनेकाले यसलाई व्यवस्थित रुपमा संचालन गर्नु पर्ने सर्वसाधरणको भनाई छ । चन्द्रपुरका यूवा सरोज मिश्राले महादेव मन्दिर तथा धर्मशाला निर्माणमा भट्टराई परिवारले गरेको कार्यको प्रशंसा गर्नुभयो । धार्मिक कार्यमा सक्रियता रहँदै आएको भट्टराई परिवारले मन्दिर तथा धर्मशाला निर्माण आफनो निजि लागनीमा गरेर नमुना योग्य काम गरेको उहाँले उल्लेख गर्नुभयो । यो कार्यमा स्थानिय पालिका वा कुनैैैैले सहयोग गर्नु दुखद भएको उहाँले बताउनुभयो । पछिल्लो समय सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक अनुष्ठानका कार्यहरु समेत हुँदै आएको छ ।