रौतहटको बृन्दावन नगरपालिका वडा न. १ रमौलीमा विभिन्न पार्टी परित्याग गरी ६५ जना नेकपा माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका छन् । जनता सङ्ग नियमित भेटघाट तथा जनगुनासो र समस्या सावधानका उपाय कार्यक्रम अन्तर्गतका क्रममा वुधबार पाटी प्रवेश गरीएको हो । नेपाली काँग्रेस नेकपा एमाले एकीकृत समाजावादी लगायत विभिन्न पार्टी परित्याग गरी जयलाल चौधरीको नेतृत्वमा ६५ जना नेकपा माओवादी केन्द्रमा पार्टी प्रवेश गर्नुभएको हो । नेकपा माओवादी केन्द्रमा पाटी प्रवेश गर्नुभएको चौधरीले नेकपा माओवादी केन्द्रको बिचार र सिद्धान्त आफुलाई मन परेकोले प्रवेश गरेको बताउनुभयो । मधेश प्रदेशमा नेकपा माओवादी केन्द्र प्रति सवैको आशा र भरोसा रहेकाले यस पार्टीमा रहेर जनअपेक्षा अनुसार काम गर्ने योजनाका साथ प्रवेश गरेको उहाँले प्रष्ट पार्नुभयो । मुलुकको विकास र समृद्धि माओवादीबाट मात्र सम्भव भएकाले पाटी प्रवेश गरेको उहाँको धारणा छ । नेकपा माओवादी केन्द्रको अभियान गाँउ गाँउमा पुगेको र जनताको गुनासो वा समस्या सुन्ने गरेकाले आफुलाई यस पाटी मन परेको उहाँले बताउनुभयो । नेकपा माओवादी केन्द्रको सरकारले प्रशंसा योग्य काम गरिरहेकाले पाटी प्रवेशमा अभिप्ररित भएको उनीहरु बताउँछन् । नेकपा माओवादी केन्द्र प्रतिम मधेश प्रदेशमा जनलहर सिर्जना भएको पाटीका नेता तथा मेयर प्रत्यासी राम प्रसाद पटेलले बताउनुभयो । ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ का क्रममा सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा टोल टोलमा पुगेर जानकारी गराएपछि पाटी प्रवेश गर्नेको लहर बढेको उहाँको भनाई छ । मधेश प्रदेशमा माओवादी पाटीमा प्रवेश गर्नेको संख्या बढेको उल्लेख गर्दै २०८४ मा मधेसमा ने.क.पा. (माओवादी केन्द्र) पहिलो पार्टी बन्ने उहाँले दावी गर्नुभयो । पछिल्लो समयमा विभिन्न पाटीमा रहेका नेता तथा कार्यर्तामा असन्तुष्टी बढ्दै गएको र माओवादी केन्द्र प्रति आर्कषित भएको उहाँको भनाई छ । यस अभियानका क्रममा विभिन्न पाटी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेको संख्या बढेको उहाँले उल्लेख गर्नुभयो । सो कार्यक्रममा बृन्दावन नगरपालीका वडा नम्बर २ वडा अध्यक्ष सिकिन्द्र राउत कुर्मी , सामाजिक अगुवा नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।