मधेश प्रदेश सरकारका उद्योग बाणिज्य तथा पर्यटन मन्त्री यूवराज भट्टराई (समिर) ले उद्योग तथा पर्यटन क्षेत्रमा सुधार ल्याउने बताउनुभएको छ । आन्तरिक तथा वाह्य पर्यटकलाई यस प्रदेशमा आकर्षित गर्ने किसिमको बातावरण बनाउन आफु सक्रिय भएर लागेको उहाँको भनाई छ । रौतहटको चन्द्रनिगाहपुरमा सामुदायिक वन महासंघ रौतहटको आयोजनामा स्वागत बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले पर्यटकिय क्षेत्र विकासका लागि छुट्टै योजना बनाएर अघि बढ्ने बताउनुभएको छ । मधेश प्रदेश उद्योग तथा पर्यटन क्षेत्रमा सम्भवता बोकेकाले यसको समग्र विकासमा ध्यान दिएको उहाँको भनाई छ । यहाँको पर्यटनको क्षेत्रमा उल्लेखनिय सुधार नभएको उल्लेख गर्दै उहाँले यसका बारेमा आफुले विज्ञहरुसंग छलफल गर्ने धारणा राख्नुभएको छ । मन्त्री भट्टराईले अव आफु काम गर्ने स्थानमा पुगेकाले बोलेर भन्दा पनि काम गरेर देखाउने अठोट लिएको बताउनुभयो । चन्द्रपुर नगरपालिका राजनितिक तथा चेतनाको हिसावले विकशित भएपनि विकासका दृष्ट्रिकोणले उल्लेखिय नभएको धारणा राख्नुभयो । यहाँको विकासका लागि संघिय , प्रदेश र स्थानिय तह बिच समन्वय गरेर अघि बढ्नु पर्ने उहाँले बिचार व्यतm गर्नुभयो । यस बिषयमा तिनै तहका जनप्रतिनिधिहरु बिच पटक पटक छलफल भएको र अव सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । उहाँले यहाँ खुद्रे योजना भन्दा पनि थोक योजनाहरु ल्याउनु पर्ने बताउँदै त्यसका लागि आफनो तर्फबाट हुने सहयोग गर्ने बताउनुभयो । जनप्रतिनिधिको काम र क्रियाकलापबाट नै जनताले मुल्याङ्गन गर्ने भएकाले गरेका बाचा वा प्रतिबद्धता पुरा गर्दै लैजानु पर्ने उहाँले तर्क राख्नुभयो । सो कार्यक्रममा सामुदायिक वन महासंघ रौतहटका अध्यक्ष वेदहरि दाहाल तथा पदधिकारी, विभिन्न सामुदायिक वनका प्रतिनिधि, राजनितिकर्मी लगायतको उपस्थिती रहेको थियो । यस अघि पनि विभिन्न निकायले मन्त्री भट्टराईलाई सफल कार्यकालको शुभकामना सहित बधाई तथा सम्मानका कार्यक्रम गरेको थियो ।