सुख्खा मौसमसँगै तातो हावा चलेका कारण रौतहटमा आगलागीको घटना प्राय ः दैनिकजसो हुने गरेको छ । गर्मीको मौसममा पश्चिमी तातो हावाले आगलागिको जोखिम बढाउने गरेकाले असावधानीका कारण आगलागिको घटना निम्त्याउने गरेको पाईएको हो । केहि दिन यता यहाँ आगलागीबाट घर गोठ, पश् चौपाय वा अन्य क्षतिका घटना हुँदै आएको छ । सोमबार बिहान राजदेवी नगरपालिका स्थित एक घरमा भएको आगलागीबाट १२ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो । राजदेवी ९ ब्रहमपुरी कालिमन्दिर बस्ने बच्चा सिंहको जस्ताले छाएको ४ कोठे पक्की घरमा खाना पकाउने चुलोबाट सल्किएर आगलागि भएको थियो । आगलागबाट घरमा रहेको मोटरसाईकल १ थान, साईकल ३ थान, १ लाख बराबरको लत्ताकपडा, गहुँ २५ सय मिलिग्राम, धान १ हजार किलोग्राम, चामल १ हजार किलोग्राम,२ लाख बराबरको सुन चँदीको गहना,नगद एक लाख, घर १ वटा ४ लाखगरी कुल ११ लाख ७३ हजार पाँच सय बराबरको धनमाल जलेर नष्ट भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताउनुभयो । गौर नगरपालिकाको दमकल , सुरक्षाकर्मी तथास्थानियको सहयोगमा उक्त आगो निभाईएकाले थप क्षती हुनबाट जोगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यसअघि दुर्गा भगवती र गढिमाई नगरपालिकामा आगलागि हुँदा ६ लाख भन्दा बढिको क्षति भएको थियो । दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरी निवासी आनन्द झाको गोठमा विद्युत सर्ट भएर आगलागि भएको हो । यसैगरी गढिमाई नगरपालिका वडा नम्वर ६ पकहा टोलमा बस्ने रामसागर राय यादवको फुसको गोठमा भैंसीलाई पानी खुवाउनका लागि पानी तताउने क्रममा अचानक आगलागि हुँदा ६ जनाको गोठघर पूर्ण रुपमा जलेर नष्ट भएको हो । राम सागर राय यादब फुसको गोठबाट सल्किएको आगोले छिमेकी रामबलम राय, दिनेश साह कानु, काशी राय यादव, विरेन्द्र साह कानु, श्याम साह तेली र विनोद साह तेलीको फुसको गोठ पूर्ण रुपमा जलेर नष्ट भएको थियो । गएको फागुन महिनामा राजदेवी नगरपालिका– ७ मा भएको आगलागीले सन्जय राउत, हृदय साह कानु र सत्रु्धन साहको घर जलेर लाखौँको क्षति भएको थियो । चैत १८ गते जिल्लाको माधवनारायण नगरपालिका– १ दिपहीमा विद्युतको तार चुँडिएर घरमा खस्दा ४ घर जलेका थिए भने चैत १९ गते (सोमबार) गौर नगरपालिका– ४ मा आगो लाग्दा एक जलेको थियो । प्रत्येक वर्ष रौतहटमा आगलागीको घटना बढ्दै गएको छ । तर यहाँका स्थानिय तहले भने आगलागीको घटनाका बारेमा पूर्व तयारी नगरेको स्थानियको आरोप छ । आगलागीको घटनाका बारेमा सचेत गराउन प्रचार प्रसार वा पूर्व तयारीका बारेमा नसोचेका कारण बर्षौनी क्षति व्यर्होनु पर्ने स्थानियहरु बताँउछन् । यहाँका अधिंकाश स्थानिय तहमा बरुण यन्त्र (दमकल) नहुँदा आगो नियन्त्रणमा समस्या भएको छ । गौर तथा चन्द्रपुर नगरपालिकाले बारुण यन्त्रको व्यवस्थापन गरे पनि जिल्लाको पूर्वी तथा पश्चिमी भेगमा पर्ने पालिकाले बारुण यन्त्र खरिद गर्नुपर्ने स्थानीयको सुझाव छ । यदपी आगलागीको घटना भएमा छिमेकी जिल्लाबाट दमकल मगाउनु पर्ने बाध्यता रहदै आएको छ । घरमा खाना पकाउन प्रयोग गर्ने आगो खाना पकाइसकेपछि राम्रोसँग निभाउनुपर्ने सुझाव जिल्ला प्रहरी कार्यालयले दिएको छ । सलाई, लाइटरजस्ता सामान बच्चाको पहुँचभन्दा टाढा राख्नुपर्ने, ग्यास राम्रोसँग बन्द गरेर राख्नुपर्ने, लामखुट्टे धपाउन लगाउने आगो हावा चलिरहेको बेला नलगाउनुपर्ने, आगो निभाउन प्रयोग गरिने सामग्री तयारी अवस्थामा राख्नुपर्ने सरोकारवालाको सुझाव छ ।रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सुख्खा मौसममा आगो प्रयोग गर्दा सावधानी अपनाउनु र्ने बताउनुभएको छ । उहाँले बिहान र बेलुका खाना पकाउने कार्य गर्न सुझाव दिनुभएको छ । प्रज्वलनशिल पदार्थ मट्टीतेल, डिजल, पेट्रोल तथा ग्यासले आगोको जोखिम बढी भएकाले प्रयोग गर्दा सुरक्षीत रुपमा गर्नुपर्ने जरुरी रहेको उहाँले औल्याउनुभयो । गर्मी संगै तातो हावा चल्न थालेपछि पछिल्लो समय जिल्लामा दैनिकजसो भईरहेको आगलागीबाट दर्जनौं घर गोठ, लता कपडा, अन्नपात जलेर क्षती भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।