रौतहटको धार्मिक तथा पर्यटकिय स्थलको रुपमा रहेको नुनथर पर्यटकिय क्षेत्रको विकासका लागि विदेशी लगानीकर्ताले तत्परता देखाएको छ । काठमाण्डौमा भएको तेस्रो लगानी सम्मेलनमा विभिन्न सत्रमा लगानीकर्तासँग छलफल भएको थियो । सो क्रममा मधेश प्रदेशकै पर्यटकिय गन्तव्यको रुपमा रहेको नुनथर पर्यटकिय क्षेत्रमा पनि बिदेशीहरुले लगानी गर्न रुची देखाएका हुन् । सिमान्चल रौतहट सर्लाही फिल्म सिटि नाम दिईएको उक्त परियोजनाका लागी उत्कृष्ट एकसय ५० भित्र पर्न सफल भएको कार्यक्रममा सहभागी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले बताउनुभयो । नुनथर क्षेत्र बहुुुबिबिधताले भरिपूर्ण रहेको हुदाँ त्यस क्षेत्रमा लगानी गर्न बिदेशी निकायहरुले निकै तत्परता देखाएको समेत उहाले बताउनुभयो । नुनथर क्षेत्र मधेश प्रदेशकै गौरबको रुपमा रहेको हुदाँ यसले आन्तरीक तथा बाह्य पर्यटनका लागी मुख्य आकषर्णको केन्द्र बन्दै आउनुमा नुनथर क्षेत्र बिकास समितिले खेलेको भुमिका महत्वपुर्ण रहेको जनाईएको छ । उहाँका अनुसार अदम्य साहस लगनशीलताले नुनथर क्षेत्रको संरक्षण र बिकासमा खेलेको भुमिका अतुलनिय रहेको समेत नगर प्रमुख काफ्लेले बताउनुभयो ।देशभरीका डेढसय आयोजना सोकेसमा पर्दा त्यसमा चन्द्रपुर नगरपालिका वडा नं. १ मा अबस्थित नुनथर क्षेत्र पनि पर्नु हर्षित भएको उहाँको भनाई छ । धेरै बर्ष अघि नुनथर क्षेत्रमा प्रशस्त नुन पाइने र यस क्षेत्रको माटो पनि नुनिलो रहेकोले गाइवस्तुहरु यस क्षेत्रमा चर्न आउँदा बाग्मतीको पानी पिइसकेपछि यहाँको माटो चाट्ने गरेकाले यस क्षेत्रको नाम नुनथर रहन गएको किंवदन्ती पनि रहेको छ । चुरे पहाडको दक्षिणमा हरियो वनजङ्गलबीच अवस्थित नूनथर सुन्दर प्राकृतिक दृश्य र स्वच्छ वातावरण र हावापानीका लागि प्रसिद्ध छ । यो ठाउँ सर्लाही, सिन्ुधली र मकवानपुर जिल्लाको सङ्गममा पर्छ । यो ठाउँ अहिले आन्तरिक तथा बाह्य पर्यटकको आर्कषणको केन्द्रबिन्दु बन्दै गइरहेको छ । यो ठाउँ पवित्र बाग्मती नदीको किनारमा रहेको छ । विशेष गरी साउन महीनाभर, नयाँ वर्ष र अन्य विदाका दिनहरू र खासखास अवसरमा यस क्षेत्रमा पर्यटकको चाप अत्यधिक हुने गरेको छ ।नुनथर क्षेत्रमा भगवान् शिवको ठुलो मुर्ति, झोलुङ्गे पुल तथा अन्य संरचनाले पर्यटकलाई आकर्षित गरेको पाईन्छ । इमर्जिङ इन्भेष्टमेन्ट समिट २०२४ नाम दिइएको लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर १६ सय जना सहभागी हुने लक्ष्य लिईएको उक्त सम्मेलनमा नेपालबाट २ सय प्रतिनिधी सहभागी भएका छन् । सम्मेलनमा एक सय ५० आयोजना सोकेसमा राखिएको छ । सम्मेलनका क्रममा विभिन्न १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गर्न लागिएको छ । आशयपत्र आह्वान गरिने, सोकेस गरिने, मार्केट साउन्डिङ गरिने र निजी क्षेत्रबाट गरी कुल एक सय ५० परियोजना प्रस्तुत हुनेछन् ।विदेशी तथा स्वदेशी लगानीकर्तालाई सम्मेलनमार्फत नेपाल लगानीका लागि आकर्षक गन्तव्यका रूपमा रहेको सन्देश दिइने लगानी बोर्डले जनाएको छ ।उक्त सम्मेलनमा नेपाल सरकार आयोजक र नेपालको निजी क्षेत्र सहआयोजकका रूपमा रहेको छ ।