रौतहटको चन्द्रपुर नगरपालिकाले अत्याधिक गर्मीका कारण समस्या भएको भन्दै नगर भित्रका सम्पुर्ण विद्यालयलाई विहानी कक्षा संचालन गर्न अनुरोध गरेको छ । चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीले एक सूचना जारी गरी सो आग्रह गर्नुभएको हो । अत्याधिक गर्मी तथा तातो हावाका कारण दिउँसोको पठन पाठन कार्य संचालनमा असहज परिस्थीती भएकाले साथै विद्यार्थीहरुमा पनि स्वास्थ्य सम्वन्धी समस्या देखापरेकाले यस नगरपालिका अन्तर्गतका सम्पुर्ण विद्यालयहरुमा अर्को सूचना नभएसम्म मिति २०८१÷०१÷२१ गते देखि लागु हुने गरी विहान ६ ः०० बजे देखि ९ः३० वजे सम्म कक्षा संचालन गर्न हुन अनुरोध छ सूचनामा भनिएको छ ।