रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. २ कुनडा डाँडाको जंगलमा लागेको आगो बस्तिमा सल्किदा घर गोठ जलेर नष्ट भएको छ । आगोलागीबाट चार जनाको अन्नपात वा सम्पति जलेर नष्ट भएको छ । जुडिवेलाका स्थानिय यूवा विक्रम लामाका अनुसार पूर्ण वहादुर लोप्चनको २० क्विन्टल मकै ४० हजार मुल्य बराबरको र नगर लताकपडा सहित अन्दाजी ६ लाख मुल्य बराबरको क्षति भएको छ । यसैगरी बल वहादुर थोकरको अन्दाजी ४ लाख, टिकराम खपाङ्गी मगरको अन्दाजी ८० हजार र वुद्धिमान स्याङ्गतानको ८० हजारको क्षति भएको उहाँले उल्लेख गर्नुभयो । वनमा लागेको डढेलो बस्तिमा सल्किदा क्षति भएको उहाँको भनाई छ । यसै गरी माधवनारायण नगरपालिका वडा नं. ६ माधोपुर, साविक गा.वि.स–८ मा आगलागी हुदाँ चार घरमा क्षति पुगेको छ । स्थानिय आसनारायण मुखिया बिन सहित चार जनाको घरमा आगोलागी भएको प्रहरीले जनाएको छ ।आगलागीबाट तीन वटा फुस र एउटा टालिको घर जलेर खरानी भएको छ । आगलागी हुदाँ एउटा गोरु समेत जलेर घाइते भएको प्रहरीले जानकारी दिएको छ । आगो गौर नगरपालिकाको बरुण यन्त्र (दमकल) तथा सुरक्षाकर्मी र स्थानियबासीको सहयोगमा नियन्त्रणमा लिईएको हो । आगलागीबाट १० लाख भन्दा बढिको क्षती भएको प्रहरीको अनुमान गरेको छ ।गर्मीको मौसममा पश्चिमी तातो हावाले आगलागिको जोखिम बढाउने गरेकाले असावधानीका कारण आगलागिको घटना निम्त्याउने गरेको पाईएको हो । केहि दिन यता यहाँ आगलागीबाट घर गोठ, पश् चौपाय वा अन्य क्षतिका घटना हुँदै आएको छ ।घरमा खाना पकाउन प्रयोग गर्ने आगो खाना पकाइसकेपछि राम्रोसँग निभाउनुपर्ने सुझाव जिल्ला प्रहरी कार्यालयले दिएको छ । सलाई, लाइटरजस्ता सामान बच्चाको पहुँचभन्दा टाढा राख्नुपर्ने, ग्यास राम्रोसँग बन्द गरेर राख्नुपर्ने, लामखुट्टे धपाउन लगाउने आगो हावा चलिरहेको बेला नलगाउनुपर्ने, आगो निभाउन प्रयोग गरिने सामग्री तयारी अवस्थामा राख्नुपर्ने सरोकारवालाको सुझाव छ ।रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सुख्खा मौसममा आगो प्रयोग गर्दा सावधानी अपनाउनु र्ने बताउनुभएको छ । उहाँले प्रज्वलनशिल पदार्थ मट्टीतेल, डिजल, पेट्रोल तथा ग्यासले आगोको जोखिम बढी भएकाले प्रयोग गर्दा सुरक्षीत रुपमा गर्नुपर्ने जरुरी रहेको औल्याउनुभयो । गर्मी संगै तातो हावा चल्न थालेपछि पछिल्लो समय जिल्लामा दैनिकजसो भईरहेको आगलागीबाट दर्जनौं घर गोठ, लता कपडा, अन्नपात जलेर क्षती भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।