रौतहटको गरुडा नगरपालिकाले नगर भित्र रहेका बिपन्न परिवारको पहिचान गरी छोरीको बिहेमा नगद आर्थिक सहयोग गर्दै आएको छ । गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनि प्रसाद जैसवालले एक समारोहबीच २ जनालाई बिपन्न परिवारलाई छोरीको विवाह खर्च स्वरुप जनही २० हजारको चेक दिनुभएको छ । गरुडा नगरपालिकाको वार्ड नं. ५ महम्मदपुर बस्ने बुनी महरा चमारको छोरी सियासुन्दर र सोहि नगरपालिका बस्ने सितावी हजार तथा श्रीमति पतिया कुमारी देवीको छोरी रेणु कुमारीको बिहेका लागी नगर प्रमुख जैसवालले आफ्नै कार्यकक्षमा चेक दिनुभएको हो । नगर प्रमुख जैसवालका अनुसार, यस प्रकारको आर्थिक सहयोगले गरिब परिवारहरूलाई उनीहरुका छोरीको विवाहमा आर्थिक बोझ हल्का पार्न मद्दत पुग्ने बताउनुभयो । यो योजना विशेष गरी गरिब तथा दलित समुदायका छोरीहरुलाई लक्षित गरी तयार पारिएको उहाँले प्रष्ट पार्नुभयो । यो कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख जैसवालले अव बिपन्न परिवारले छोरीको विवाहका लागि तनाव लिनु नपर्ने धारणा राख्नुभयो । उहाँले यस कार्यक्रमको माध्यमबाट गरिब तथा दलित परिवारहरुलाई समाजमा अधिक सम्मान तथा समानता प्रदान गर्ने उद्देश्य रहेको बताउनुभयो । यस योजनाको प्रतिक्रिया स्वरूप, समुदायका सदस्यहरूले सकारात्मक प्रतिक्रिया व्यक्त गर्नुभयो । उनीहरूका अनुसार यस प्रकारको सहयोगले न केवल वित्तीय सहयोग प्रदान गर्दछ, तर यसले समाजमा बराबरीको भावना पनि सुदृढ गर्दछ। । नगरपालिका भविष्यमा यस प्रकारका थप कार्यक्रमहरू अघि बढाउने योजना राखेको छ, जसले विभिन्न समुदायहरु माझ समानता र सहभागिता बढाउने छ । यसअघि आर्थिक वर्ष २०७९÷०८० मा गरुडा नगरपालिकाले छोरीको बिहेका लागी एक सयभन्दा बढीलाई अवस्था अनुसार जनही २०÷२५ हजारका दरले आर्थिक सहयोग गरेको नगर प्रमुख जैसवालले जानकारी दिनुभएको छ । अतिविप्पन तथा दलित गरिब परिवारको छोरीको विहेमा ठूलो आर्थिक समस्या हुने गरेको कारण नगरपालिकाले त्यस्ता परिवारलाई आर्थिक सहयोग गरेको हो । बिपन्न गरिब परिवारका छोरीको बिहेमा नगद आर्थिक सहयोगको बारेमा पालिकाको चौतफी प्रशंसा हुने गरेको छ । जनतालाई धेरै आर्थिक भार पर्न नदिन नगरबाट दिइने सेवाहरुमा थप सहयोग गर्ने बनाइएका छन । नगर प्रमुख जैसवालले यस प्रकारका उपक्रमले समुदायको विकास तथा सद्भाव बढाउन सहयोग पुर्याउनेछ भन्ने विश्वास नगर प्रमुख जैसवालले व्यक्त गरेका छन्। साक्षरतामा देशकै पुच्छारमा रहेका रौतहटमा गरीबी पनि त्यत्तिकै भएकाले यस आर्थिक वर्षमा गरिब, दलित, बिपन्नको छोरीको बिहेमा सहयोगको लागी नगरपालिकाबाट केहि सहयोग होस भनि उदेश्यले बितरण गरीएको जनाईएको छ । यहाँको मौलापुर नगरपालिकाले समेत यस अभियानलाई निरन्तरता दिदै आएको छ ।