रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले नगर क्षेत्रको शिक्षलाई व्यवस्थित गर्दै लैजानस पर्नेमा जोड दिनुभएको छ । चन्द्रपुर नगरपालिका वडा नं. २ स्थित महेन्द्र माध्यमिक विद्यालय रैयाटोलको नव निर्मित भवनको वुधबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नगर शिक्षाको बिषयमा आलोचना भन्दा पनि सुधारका लागि समन्वयकारी भुमिका निर्वाह गरेर अघि बढ्नु पर्ने धारणा राख्नुभयो । शिक्षा क्षेत्रलाई व्यवस्थित गदै लानुपर्ने आजको आवश्यकता रहेको औल्याउँदै उहाँले नगरको विद्यालयले गुणस्तरिया शिक्षाका बिषयमा ध्यान केन्द्रित गर्नु पर्ने बताउनुभयो । चन्द्रपुर नगरपालिकाले शिक्षा क्षेत्र सुधारका लागि ध्यान दिदै आएको र विद्यालयको भौतिक सुधार देखि आवश्यक संरचना सहयोग गरेको उहाँले जिकिर गर्नुभयो । बिगतका बर्षहरुको तुलनामा चन्द्रपुर नगर क्षेत्रका सामुदायिक बिद्यालयमा भवन निमार्ण, शौचालय निमार्ण, पुस्ताकालय संचालन, बिज्ञान समाग्रीको ब्यबस्था लगायतका कामहरु तिब्र रुपमा भइरहेको उहाले जानकारी दिनुभयो । शिक्षा क्षेत्रको बिकाश भएमा मात्र समग्र समाजको बिकाश हुने हुँदा आफुले पनि त्यस तर्फ ध्यान केन्द्रित बनाएर हिडेको नगर प्रमुख काफ्लेले बताउनुभयो । चन्द्रपुर नगरपालिकाका सामुदायिक बिद्यालयमा पुर्वाधारको बिकाशका काम भइरहेको बताउदै नगर प्रमुख काफ्लेले गुणस्तरीय शिक्षाको बिकाशको लागी पनि तह तप्काबाट काम भइरहेको जानकारी दिनुभएको छ । यसैगरी सो कार्यक्रममा चन्द्रपुर नगरपालिका वाड नं. २ का वाड अध्यक्ष दुत्त बहादुर थिङ(बुद्ध) शिक्षा समृद्धिको आधार भएकोले सामाजिक विकृति हटाउन र स्वदेशमा रोजगार सृजना गर्ने यसको महत्व रहेको बताउनुभयो । गुणस्तरीय, संस्कार संस्कृति र सामाजिक एकतालाई सधैँ कायम राख्ने शिक्षा अहिलेको आवश्यकता रहेको भन्दै सामुदायिक र निजि विद्यालयको सुधारमा पालिकाले गरेको कार्यको चर्चा गर्नुभयो । चन्द्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डल, माध्यमिक विद्यालय जुडिबेला ब्यबस्थापन समितिका अध्यक्ष गणेश पाण्डे,शिक्षाप्रेमी टिका बहादुर आचार्यले समग्र चन्द्रपुरमा शिक्षा क्षेत्रको अबस्था र समस्या बारे बोल्नु भएको थियो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष संजिब कुमार कुश्वारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सोही बिद्यालयका प्रधानाध्यापक कमला थापाले स्वागत मन्तब्य राख्नु भएको थियो । सो बिद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तरगत चन्द्रपुर नगरपालिकाको सहयोग र श्रमदान गरेर ५२ लाख २ हजार ९ सय ९ रुपैयाको लागतमा निमार्ण कार्य सम्पन्न भएको थियो । महेन्द्र माध्यमिक विद्यालय रैयाटोलको दुई तल्ले ४ कोठे भवनको निर्माण भएको चन्द्रपुर नगरपालिकाले जनाएको छ ।