चन्द्रपुर,६ भदौ
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ का केनिश खडका सातौ हिरोज तेक्वान्दो अन्तराष्ट्रिय प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएका छन ।
थाइल्याण्डको बैंककमा अगस्त १० देखी १२ तारिख सम्म भएको प्रतियोगितामा खडकाले प्रथम स्थान हासिल गर्न सफल भएका हुन । खडकाले ३८ देखी ४२ केजी तर्फको प्रतियोगितामा प्रथम स्थान (गोल्ड मेडल) प्राप्त गरेको रौतहटका तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक केशब खडकाले जानकारी दिएका छन ।
मधेश प्रदेशको तर्फबाट अन्तराष्ट्रिय स्तरको खेलमा सहभागी भएका खडकाले प्रथम स्थान हासिल गरेर रौतहट तथा चन्द्रपुरको नाम राख्न सफल भएको प्रशिक्षक खडकाले बताए । यो एउटा ऐतिहासिक जित भएको प्रशिक्षक खडकाको भनाइ रहेको थियो ।
बिगत २०५३ साल देखी चन्द्रनिगाहपुरमा तेक्वान्दो प्रशिक्षण दिदै आइरहेको छ । तेक्वान्दो चन्द्रनिगाहपुरका खेलाडीहरु देशका बिभिन्न ठाउहरुमा सफलता पुर्वक सहभागी भएर उपाधीहरु जित्दै आएको समेत खडकाले बताए । यो जितले खेलाडीहरुको अझै हौसला बढेको समेत प्रशिक्षक खडकाले बताएका छन ।प्रशिक्षक खडकाले निशुल्क रुपमा लामो समय देखी चन्द्रनिगाहपुरमा तेक्वान्दोको प्रशिक्षण दिदै आइरहेका छन । तेक्वान्दोका खेलाडीहरुलाइ हौसला प्रदान गर्न चन्द्रपुर नगरपालिकाले पनि सहयोग गदै आइरहेको छ । खेलकुदको बिकाशको लागी तेक्वान्दो,कराते,फुटबल लगायतका खेलहरुमा नगरपालिकाले सहयोग गदै आएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले जानकारी दिएका छन ।
खेलाडीले चन्द्रपुर नगरपालिकाको पहिचान बढाउने हुदा नगरपालिकाले सहयोग गर्दै आएको नगर प्रमुख काफ्लेले बताए ।