चन्द्रपुर,७ भदौ
गितकार बसन्त आचार्यको तेश्रो अडियो गित ‘ए सानी...’ बोलको गित रिलिज भएको छ । गितकार आचार्यको रचनामा चर्चित गायक राजेश पायल राईको स्वरमा रहेको उक्त गित केही दिन अगाडी रिलिज भएको हो । पहिलो गित प्रमोद खरेल,दोश्रो गित आनन्द कार्की तथा तेस्रो गित राजेश पायल राईको स्वरमा सजिएर आएको ए सानी.. बोलको गित अहिले समाजिक संजालमा सुन्न पाइन्छ । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ चन्द्रनिगाहपुर निवासी आचार्यको यस अगाडीका गितहरु पनि चर्चित भएको थिए । खासगरी सहकारी क्षेत्रमा सक्रिय रहेका आचार्यले रचेका गितहरु चर्चित गायकहरुले गाउदै आएका छन ।गितकार आचार्य समाजसेवीको रुपमा समेत नगरमा चिनिन्छ भने चन्द्रपुर नगरमा रहेका कुनैपनी अस्पतालमा आउने बिरामीको लागी ब्लड उपलब्ध गराउन उनी दिउँसो राती वा जुनसुकै समयमा पनि पछि हटदैनन । रक्तदाता लाई घर घरमा गएर हुन्छ कि कल गरेर हुन्छ कन्भिस गरेर अस्पतालमा ल्याइ आकस्मिक रक्तदान गराइ उनी लगायत उनको सहकारीका टिमले हजारौंको संख्यामा बिरामीको जीवन रक्षा गदै आएका छ्न र उनी भन्छन् ‘अब त मलाई दिनमा कुनै रक्तदाता ल्याइ रक्तदान नगराउँदा के छुटेको के छुटेको हुन्छ’ । यदि रातिको १२ बजे भएपनी बिरामीको लागी ब्लड आवश्यकता पर्छ भने अल्छि नगरी रातिनै भएनि रक्तदाता सँग सम्पर्क गरि ब्लड उपलब्ध गराउने गरेको उनले बताए ।
उनी कुनै दुखी गरिवको लागी समेत बेलाबेलामा आफुले सकेको आर्थिक जिन्सी सहयोग गर्ने गरेको बताए । गितकार आचार्य चन्द्रनिगाहपुरमा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन भने रौतहट बचत तथा ऋण सहकारी संघको सचिब पनि हुन । यति मात्रै नभएर आचार्य चन्द्रपुर एकेडेमीको ब्यबस्थापन समितिको अध्यक्षमा रहेर शिक्षा क्षेत्रको काम गरिरहेका छन । गितकार आचार्य सांस्कृतिक संघको जिल्ला अध्यक्ष समेत रहेका उनी धर्म प्रती पनि बिशेष रुचि राख्छन् त्यही भएर घोडदेवी मन्दिर ब्यबस्थापन समितिको सल्लाहकार समेत छन भने समाज सेवामा सकृय युवा समूह चन्द्रपुर–६ मा रहेको संयोजक समेत छन ।
कला साहित्यमा सानैदेखिको रुचि भएका ऊनी बेलाबेलामा सामाजिक संजालमा आफ्ना रचनाहरु कविता,गजल राखिरहन रुचाउने आचार्यले तेस्रो गितको म्युजिक भिडियो यही भदौ महिना भरिमा निकाल्ने तयारीमा रहेको जानकारी दिए । आउँदो दशै ताकामा अलि भिन्न तरिकाको चौथो गित निकाल्ने अठोटमा लागिपरेको समेत उनले बताए ।