चन्द्रपुर,८ कार्तिक
रौतहटको चन्दपुरमा खुलेका निजि सामुदायिक स्वासथ्य सस्था सञ्चालनको लागि स्वीकृति तथा नविकरण गर्नुपर्ने भएको छ । चन्द्रपुर नगरपालिकाले एक सुचना प्रकाशन गर्दै निजि सामुदायिक सस्थालाई स्वीकृति तथा नविकरणको लागि सुचना जारी गरेको छ । स्थानिय सरकार सञ्चालन ऐन २०७४ मन्त्रिपरिषदबाट स्वीकृत कार्य विस्तृतिकरणमा उल्लेखित स्थानीय तहमा सरकारी, नीजि, सामुदायिक, गैरसरकारी वा सहकारी स्तरमा स्थापना हुने स्वास्थ्य संस्था दर्ता, स्तरबृध्दि, स्वास्थ्य सेबा अनुमति तथा नबिकरण गर्नुपर्ने प्राबधान बमोजिम सबै स्वास्थ्य संस्था लाई पन्द्र दिन भित्र स्वीकृत तथा नबिकरण गर्न चन्द्रपुर नगरपालिकाले सुचना जारी गरेको हो । आम नागरिक लाई सर्बसुलभ र गुणस्तरीय स्वास्थ्य सेबा प्रदान गर्नुपर्ने जिम्मेबारी स्थानीय तहको भएकाले चन्द्रपुर नगरपालिकाले स्वीकृती तथा नबिकरण गर्न सुचना जारी गरेको हो । नगरपालिकाको क्षेत्र भित्र स्वास्थ्य सेबा संचालन गर्न जनस्वास्थ्य सेबा ऐन ०७५, जनस्वास्थ्य सेबा नियमाबली ०७७, स्वास्थ्य संस्था संचालन मापदण्ड ०७७ तथा चन्द्रपुर नगरपालिकाको स्वास्थ्य ऐन ०७९ स्वीकृती भई कार्यान्वयनमा आएकाले सबै स्वास्थ्य संस्थाले स्वीकृती तथा नबिकरण गर्नु पर्ने चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणनीधि तिबारीले बताउनु भयो । चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफलेले नगरभित्र रहेका सबै स्वास्थय संस्थाले अनिबार्य दर्ता गर्नु पर्ने बताउनु भयो ।