चन्द्रपुर,१२ कार्तिक
रौतहटको चन्द्रपुर नगरपालिका–५ राजपैडामा रहेको श्री आधारभुत बिद्यालयका प्राध्यानाध्यापक किशोरी चौधरीले भबन निर्माणको रकम अपलचन गरेको खुलेको छ । उनले किर्ते दस्तखत छाप प्रयोग गरेर चार कोठे बिद्यालय भबनको रकम अपचलन गरेको खुलेको हो । राष्ट्रिय बाणिज्य बैकमा रहेको बिद्यालयको खातामा चन्द्रपुर नगरपालिकाले जम्मा गरेको राष्ट्रिय योजना आयोगको बिशेष अनुदानको ५३ लाख ९८ हजार २ सय ८९ रुपैया ५२ पैसा मध्ये चन्द्रपुर नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत हरीलाल पुरीको किर्ते दस्तखत र नगरपालिकाको नक्कली छाप र चलानी बनाई प्राध्यानाध्यापक चौधरीले मुल्य अभिबृध्दि कर सहित २३ लाख ८ हजार ४ सय ७३ रुपैया अपचलन गरेको खुलेको हो । बिद्यालयको चार कोठे भबन निर्माण गर्न चन्द्रपुर नगरपालिकाले ०८० असार २० गते ब्रम्हबाबा कन्स्ट्रक्सन चन्द्रपुर–१ संग सम्झौता गरी निर्माण कार्य सम्पन्न गरिसक्दा समेत प्राध्यानाध्यापक चौधरीले रकम भुक्तानी गर्नुको बदला आफैले पटक पटक रकम निकालेर नीजी प्रयोजनमा खर्च गरेको पाइएको हो । प्राध्यानााध्यापक चौधरीले ०८० पौष १८ गते २० लाख यस्तै निर्माण ब्यबसायी लाई दुई पटक भुक्तानी गर्दा कट्टा भएको मुल्य अभिबृध्दि कर आन्तरिक राजश्व कार्यालयमा जम्मा गर्नु पर्ने ३ लाख ३८ हजार ४ सय ७३ रुपैया समेत अपचलन गरेको खुलेको छ । बिद्यालयको खातामा रकम जम्मा गरेपछि चन्द्रपुर नगरपालिकाले बैकलाई पत्राचार गर्दै रकम रोक्का राखेको थियो । सो रकम चन्द्रपुर नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरीको किर्ते दस्तखत छाप र चलानी नम्बर प्रयोग गर्दै राष्ट्रिय बाणिज्य बैक बाट रकम फुकुवाको ब्यहोराको चिठी बनाएर प्राध्यानाध्यापक चौधरीले रकम हिनामिना गरेको पाइएको हो । यस सम्बन्धमा बिद्यालयका प्राध्यानाध्यापक किसोरी चौधरीले गल्ति भएको स्वीकार गर्नु भयो । प्राध्यानाध्यापक चौधरीले रकम फुकुवाको लागि राष्ट्रिय बाणिज्य बैकमा बुझाएको चन्द्रपुर नगरपालिकाको पत्रमा ११३१ नम्बरको चलानी लेखिएपनि नगरपालिकाको उक्त चलानी नम्बरमा साधन प्रयोगको लागि साहिल ट्रेड एण्ड सप्लार्यस चन्द्रपुुर–४ रहेको छ । चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण नीधि तिबारीले किर्ते कागजपत्रको आधारमा रकम हिनामिना गर्ने प्राध्यानाध्यापक लाई कानुनी कारबाही गरिने बताउनु भयो ।