रौतहट, १३ मंसिर /डिभिजन वन कार्यालय रौतहटले बारा जिल्लाबाट चोरी तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा बोलेरो सहित काठ पक्राउ गरेको छ । सो कार्यालयका अनुसार बिहीबार बिहान ४ बजेतिर विषेश सुचनाको आधारमा रेन्जर विकाश लामिछानेको नेतृत्वमा रहेको वन गस्ती टोलीले बारा जिल्ला निजगढको जनज्योति सामुदायिक वनको घाटगद्दीबाट ना. २ च. ९३१९ नम्वरको वोलेरो पिकअपमा सालको काठ लोडगरि ल्याईरहेको अवस्थामा चालक जितेन्द्र चौधरी सहित पक्राउ गरेको हो । सो कार्यालयका वन अधिकृत राजेश साहका अनुसार वनको गस्ती टोलीले महेन्द्र राजमार्गमा धनसर देखी २ कि.मी. पूर्व लच्कामा पक्राउ गरेको हो । उहाँका अनुसार ८५ं.७ क्युफिट काठ बराबरको ९ वटा सालको गोलिया बरामद गरिएको र यसमा ठुलै गिरोहको संग्लग्नता हुनसक्ने भन्दै थप अनुसन्धान भइरहेको छ ।