रौतहट, १७ मंसिर / आइतबार सम्पन्न उप निर्वाचनमा नेपाली कांग्रेसले दुईवटा वडामा विजय प्राप्त गरेको छ। मध्यरातमा सम्पन्न मत परिणाम अनुसार नेपाली कांग्रेसले इशनाथ नगरपालिका वडा नम्बर ७ र राजपुर नगरपालिका वडा नम्बर ६ मा जित हासिल गरेको हो।
रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेस विजयी ५२ मतले विजयी भएको छ । नेपाली कांग्रेसका शेख अब्दुल खलिकले ६ सय २७ मत ल्याएर विजयी हुँदा उहाँको निकटतम प्रतिद्धन्दि नेकपा एमालेका शेख अनवारले ५ सय ७५ मत ल्याउनुभएको थियो । यसैगरी नेकपा एकिकृत समाजवादीका सदरे आलमले ४ सय ५२ मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
यता रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसका समसे आलम विजयी हुनुभएको छ। उहाँले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका जिकरुल्लाहलाई २ सय ५६ मतको भारी मतान्तरले पराजित गर्दै जित हासिल गर्नुभएको हो । विजयी नेपाली कांग्रेसका आलमले ७ सय ४४ मत ल्याउँदा माओवादी केन्द्रका जिकरुल्लाहले ४ सय ४८ मत ल्याउनुभएको थियो। यसैगरी नेकपा एमालेका महम्मद नसिम अख्तर ४ सय ३१ मत ल्याउनुभएको थियो।