रौतहट, १० चैत्र / सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटको “१८ औ स्थापना दिवस–२०८२” को अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटको आयोजनामा नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा कार्यालय रौतहटको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक सन्तोष बस्नेतले बताउनुभयो । उहाँले मानव जीवनलाई जोगाउन सक्ने रगतको दान गर्ने कार्य एकदमै पुण्यको काम भएकाले गणको स्थापना दिवसको अवसर पारेर रक्तदान गरिएको जनाउनुभयो । उहाँले अन्य समयमा पनि आवश्यक परेको बेला धेरै पटक सशस्त्र प्रहरी रगतदान गरेर बिरामीहरुको ज्यान बचाउन भूमिका खेल्दै आएको स्मरण गर्दै उहाँले जनहित र समाजिक कार्यमा सशस्त्र प्रहरी सदैव अब्बल रहेकोमा खुसी व्यक्त गर्नुभयो ।
आजको रक्तदान कार्यक्रममा रौतहट जिल्लामा कार्यरत २८ सशस्त्र प्रहरी कर्मचारीहरुबाट रक्तदानमा सहभागी भई रक्तदान गरिएको थियो । नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष राजकिशोर यादवले कसैको खेरजाने रगतले कसैको ज्यान बचाउने हुँदा रक्तदान गर्न समुदायलाई प्रेरित गर्नुपर्नेमा जोड दिदैं सशस्त्र रक्तदानको कार्यमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।