गौर,१९ बैशाख
पर्यटन बिकाश कार्यालय रौतहट गौरबाट सरुवा भएका कार्यालय प्रमुख संजय कुमार मिश्राले पठाएको कार्यालयमा नगइ धमाधम एक होटलमा बसेर मोटो रकम लिइ झोलाबाट बिभिन्न वाड तथा पालिकाहरुका उपभोक्ता समिति गठनको लागी पत्र बाढिरहेको खबर प्राप्त भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपषिदको कार्यालय जनकपुरले गत बैशाख १६ गते मिश्रालाइ भु तथा जलाधार ब्यबस्थापन कार्यालय लहान सिराहामा सरुवा गरेको भएतापनि अहिले मिश्रा सो कार्यालय नगइ चन्द्रनिगाहपुरको एक होटलमा बसेर चलानी बिनाको योजनाहरु बाढिरहेको खबर प्राप्त भएको हो ।

पर्यटन बिकाश कार्यालय गौरमा नया कार्यालय प्रमुखको रुपमा राजेश काफ्ले आएर हाजिर गरिसक्दा समेत मिश्रले कमिसन माग्दै पुरानो मिति(ब्याकडेट)मा योजना बितरण गरिहेको स्थानियले बताएका छन । मिश्रा सरुवा भएको ठाउमा जानको लागी शुक्रबार सम्म पनि रमना लिन मानेका छैनन । यसरी होटलबाट बाडिएका पत्रको कुनै मान्यता नदिइने भर्खरै हाजिर भएका कार्यालय प्रमुख राजेश काफ्ले बताएका छन ।

यस अघि पनि तत्कालीन कार्यालय प्रमुख मिश्रा कार्यालयमा भन्दा बढी चपुर, गौर, र मलगंवाका होटलहरूमा भेटिने गरेको सेवाग्राहीको गुनासो रहदै आएको थियो । उनीहरुका अनुसार उनी सरकारी कागजात झोलामा बोकेर हिड्ने, र त्यही झोलाबाट होटलका कोठामा आ.व. २०८१÷८२ को पर्यटन योजनाहरू किनबेच गरिरहेको दाबी छन् । मिश्राले पर्यटन कार्यालयको आधिकारिक दर्ता–चलानी बाहेक अलग्गै व्यक्तिगत दर्ता–चलानी खडा गरी योजना वितरण गरिरहेको एक सेवाग्राहीले नाम नछाप्ने शर्तमा हाइवे न्यूजलाई बताए । उनका अनुसार मिश्रले सरकारी योजनाको रकम ठेकेदारहरूसँग मिलेमतो गर्दै १० देखि १२% कमिसन दरमा बार्गेनिङ गर्ने, कागजात होटलमै पास गराउने र कार्यालयको काम झोलाबाटै गर्ने गरेका छन् । मिश्रले सरकारी कार्यालयलाई आफ्नो निजी कम्पनी जसरी सञ्चालन गरिरहेको र राज्य कोषको वजेटलाई निजी रकम जसरी बाडिरहेको प्रति सरोकारवाला गम्भिर हुनुपर्ने स्थानियको भनाइ छ । होटल र अस्पतालको अनुगमन गरेर चर्चामा आएका मधेस प्रदेशका मुख्यमन्त्री शतिस कुमार सिंहले पनि यस्ता झोले हाकिमहरुलाई कारवाही गर्न कुनै चासो नदेखाएको प्रति स्थानियले आश्चर्य व्यक्त गरेका छन् । मुख्यमन्त्री सिंहले यस्ता भष्ट्रचार र कमिसनमा लिप्त हाकिममाथि तत्काल अनुसन्धान गरेर कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।