गौर,२२ बैशाख
पर्यटन बिकाश कार्यालय रौतहट गौरका प्रमुख राजेश काफ्लेले कार्यालय भन्दा बाहिर बाडिएका पत्र मान्य नहुने बताउनु भएको छ । कार्यालय प्रमुख काफ्लेले एक सुचना मार्फत सो जानकारी गराउनु भएको हो । पर्यटन विकास कार्यालय, गौरको नाममा अनाधिकृत व्यक्तिले पर्यटन विकास कार्यालय, गौरको नाममा आधिकारीक व्यक्ति हुँ भनी उपभोक्ता समिति संग सम्बन्धित योजनाको चिठ्ठी पत्रहरु रौतहट तथा सर्लाही जिल्लाका विभिन्न स्थानबाट पुरानो मितिका चिठ्ठी पत्रहरु विक्री वितरण भईरहेको भन्ने जानकारी कार्यालयमा प्राप्त हुन आएको हुँदा कार्यालयको आधिकारिक प्रतिनिधि मार्फत पत्राचार भएको पत्रलाई मात्र मान्यता दिने सो पत्रमा उल्लेख गरिएको छ ।

सरुवा भएका कार्यालय प्रमुख संजय कुमार मिश्राले पठाएको कार्यालयमा नगइ धमाधम एक होटलमा बसेर मोटो रकम लिइ झोलाबाट बिभिन्न वाड तथा पालिकाहरुका उपभोक्ता समिति गठनको लागी पत्र बाढिरहेको खबर प्राप्त भएपछि हालका कार्यालय प्रमुख काफ्लेले यस्तो सुचना जारी गर्नुभएको थियो। मुख्यमन्त्री तथा मन्त्रीपषिदको कार्यालय जनकपुरले गत बैशाख १६ गते मिश्रालाइ भु तथा जलाधार ब्यबस्थापन कार्यालय लहान सिराहामा सरुवा गरेको भएतापनि अहिले मिश्रा सो कार्यालय नगइ चन्द्रनिगाहपुरको एक होटलमा बसेर चलानी बिनाको योजनाहरु बाढिरहेका थिए ।
पर्यटन बिकाश कार्यालय गौरमा नया कार्यालय प्रमुखको रुपमा राजेश काफ्ले आएर हाजिर गरिसक्दा समेत मिश्रले कमिसन माग्दै पुरानो मिति(ब्याकडेट)मा योजना बितरण गरिहेको स्थानियले बताएका छन ।
यस अघि पनि तत्कालीन कार्यालय प्रमुख मिश्रा कार्यालयमा भन्दा बढी चपुर, गौर, र मलगंवाका होटलहरूमा भेटिने गरेको सेवाग्राहीको गुनासो रहदै आएको थियो । उनीहरुका अनुसार उनी सरकारी कागजात झोलामा बोकेर हिड्ने, र त्यही झोलाबाट होटलका कोठामा आ।व। २०८१÷८२ को पर्यटन योजनाहरू किनबेच गरिरहेको दाबी छन् । मिश्राले पर्यटन कार्यालयको आधिकारिक दर्ता–चलानी बाहेक अलग्गै व्यक्तिगत दर्ता–चलानी खडा गरी योजना वितरण गरिरहेको एक सेवाग्राहीले नाम नछाप्ने शर्तमा हाइवे न्यूजलाई बताए । उनका अनुसार मिश्रले सरकारी योजनाको रकम ठेकेदारहरूसँग मिलेमतो गर्दै १० देखि १२५ कमिसन दरमा बार्गेनिङ गर्ने, कागजात होटलमै पास गराउने र कार्यालयको काम झोलाबाटै गर्ने गरेका छन् ।