बारा ,१८ कार्तिक //
जिल्ला निर्वाचन कार्यालय बारामा मतदाता नामावली सङ्कलन र दर्ता भएका नयाँ दलको सनाखत गर्न पछिल्लो समय भिडभाड बढेको हो ।
निर्वाचन आयोगले जेनजी समूहलाई लक्षित गरी अध्यादेश मार्फत असोज १० गतेदेखि मतदाता नामावली सङ्कलन सुरु गरेको हो ।बाराका सूचना अधिकारी मुकेश कुमार सिंहका अनुसार असोज १० गते कात्तिक १७ गते आइतबारसम्म ३ हजार ३ सयले मतदाता नामावली दर्ता गरेको छ।
उनले जेनजी आन्दोलनपछि मतदाता नामावली सङ्कलन गर्न युवाहरू उत्साहित देखिएको बताएका छन् । नेपाली नागरिकता प्राप्त गरेर १८ वर्ष उमेर पुरा भएका नेपाली नागरिकहरूले आफ्नो नाम मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था छ ।
‘उमेर धेरै पहिला नै पुगेपनि विभिन्न कारणले विदेशमा काम गर्ने, पढाई र कामको सिलसिलामा बाहिर रहेर मतदाताहरूले कात्तिक ३० गतेसम्म आफ्नो नाम दर्ता गर्न सक्ने सूचना अधिकारी सिंहले बताए।