रौतहटको चन्द्रपुरमा निजि स्तरको लगानीमा पानी उधोग सञ्चालनमा आएको छ । चन्द्रपुर ९ स्थित डुमरिया मटिऔनमा हर्वोवेदा ग्रामोले मिनलर वाटर पानीको उधोग संञ्चालनमा ल्याएको हो । करिव ८० लाखको लागनीमा स्थानिय मनोज कुमार साह तथा कुन्दन कुमार सागरले स्प्रीङ्ग एकुवा नामको पानी उधोग स्थापना गर्नुभएको हो । यस क्षेत्रमा पानीको माग वढ्दै गएको अवस्थामा आफुहरुले उधोग सञ्चालनमा ल्याएको उनीहरु बताउँछन् । पुर्व पश्चिम राजमार्ग संग जोडिएको चन्द्रनिगाहपुरमा होटलहरु प्रशस्त भएकाले पानीको माग उच्च रहेकाले उधोग स्थापना गरेको संचालक मनोज कुमार साहले बताउनुभयो । उहाँका अनुसार चन्द्रनिगाहपुर राजमार्गमा एक सय भन्दा बढि दैनिक दिवा तथा रात्री सेवाका लामो दुरीका बस खान खानका लागी रोक्ने गरेकाले होटल क्षेत्रमा पानीको माग बढी छ । रौतहट सहित बारा , सर्लाही, पर्सा लगायतका जिल्लामा पानीको माग रहेकाले उधोग संचलनमा ल्याएको उहाँको भनाई छ । उधोगमा वोटल सफा गर्ने, वोटलमा विर्को लगाउने , स्टिकर टाँस गर्ने लगायतका काममा स्थानियले रोजगारी पाएका छन् । अहिले उधोगले दैनिक १ हजार वोतल पानी उत्पादन गर्ने गरेको उहाँले जानकारी दिनुभयो । करिव एक हप्ता अघिबाट संञ्चालनमा आएको सो उधोगले दैनिक १० हजार वोतल पानी उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । संचालक साहका अनुसार नेपाल खाध्य गुणस्तर विभागले तोकेको मापदण्ड अनुसार ल्याव सहितको उपकरणबाट पानी उत्पादन हुने गरेको छ । तर उधोगलाई आवश्यक पर्ने कच्चा पदार्थको सरल र सहज रुपमा उपल्वध नहुँदा समस्या हुने गरेको उहाले गुनासो गर्नुभयो । पानीको माग बढ्दै गएपछि लगानी बिस्तार गरी उधोगको क्षमता वृद्धि गर्ने लक्ष्य राखिएको अर्को संचालक कुन्दन कुमार सागरले बताउनुभयो । आर्सेनिकयुतm पानी खान बाध्य भएका जनतालाई सहज र सरल रुपमा पानी पुरयाउने उदेश्य रहेको उहाँले प्रष्ट पार्नुभयो । यसअघि चन्द्रपुर ५ मा मुन ड्रप्स नामले मिनलर वाटरको उधोग सञ्चालनमा आएको छ ।