सिध्दान्तलाई जीवन संग जोड्ने हाम्रो अठोट हो ! जीवन लाई सार्थक वनाउन यसका सवै सम्भावनाहरूको ढोका खोल्ने हाम्रो सिध्दान्तको रहस्य हो । जीवन र सिध्दान्तका विचको अन्तर सम्वन्धलाई उजागर गर्नु र सिध्दान्तका निम्ती जीवन होईन, जीवनका निम्ती सिध्दान्तको प्रयोग गरेर देखाउनु नै आजको सही मार्क्सवाद हो । अनी मार्क्सवाद समाजलाई हेर्ने , वुझ्ने , व्याख्या गर्ने र त्यसलाई वदल्ने अठोट वोकेको जीउदो जाग्दो सिध्दान्त हो ।
नेपालको सन्दर्भमा मार्क्सवादको सहि प्रयोग गर्नु नेकपा एमालेको दायीत्व र जिम्वेवारी हो । नेपाली समाजको परिवर्तनमा हामीले एउटा नयाॅ मिसाल कायम गरेका छौ । अव यसको रूपान्तरणमा पनी नयाॅ प्रयोग आवस्यक छ । जननेता कमरेड मदन भण्डारीले " मार्क्सवाद नक्कल गर्ने सिध्दान्त होईन । यो त सिर्जनात्मक प्रयोग गर्ने वैचारीक हथियार हो " भन्नु भएको थियो !
रूस चिन या कोरियाले के गरे हामी पनी त्यहि गर्दछौ भनेर सार्ने कथा मार्क्सवाद होईन । क्यूवा भियतनाममा कसरी क्रान्ती भयो हामीले त्यसै गरी गर्नु पर्छ भनेर अभिनय गर्ने व्यथा पनि होईन । अर्थात मार्क्सवाद कुनै लकीरका फकीर पनि होईन । यो त समाजलाई परिवर्तन गर्ने सिर्जनात्मक औजार हो । मदन कमरेडले मार्क्सवादको सिर्जनात्मक प्रयोगको कुरा उठाउनु भयो र आजका सवै कम्युनिष्टहरूले समेत आफुलाई युग अनुकुल सजाउनु पर्ने सवाल अघि सार्नु भयो । रियलमा के हो त मार्क्सवादको सर्जनात्मक प्रयोग । मार्क्सवादमा सिर्जनात्मकता कसरी आउछ ? हाम्रो वहस अव यता केन्द्रीत गरियो भने सुन्दर हुन्छ ।
हामीले राजतन्त्र ढाली दियौ । हामीले सामन्तवादलाई धुलो चटायौ । हामीले लोकतान्त्रीक गणतन्त्र स्थापना गर्यौ । अनी हामीले समाजवाद उन्मुख संविधान निर्माण गरेर जारी गरेको पनि १० वर्ष भयो । अव आज सम्मको समिक्षा गरिनु पर्दछ र हाम्रो भावी लक्ष्य, उदेश्य र कार्यक्रम के हुने ? हाम्रो उदेश्य प्राप्तिको कार्यनीति के हुने ? हाम्रो कार्यक्रमको स्वरूप कस्तो हुने ? यस्ता वैचारीक राजनैतिक विषयहरूमा वहसलाई केन्द्रीत गरेर सकारात्मक निष्कर्षमा पुर्याएर नेपाली कम्युनिस्ट आन्दोलनलाई सहि दिशा दिनु पर्दछ ।
कमरेड मदन भण्डारीले सामन्तवाद र साम्राजयवाद विरोधि कार्यक्रमको रूपमा जवजलाई अघि सार्नु भएको हो ! अर्थात हाम्रो समाजको आर्थीक सामाजीक ढाॅचामा अहिले पनि सामन्ती र दलाल पुजिपतिहरूको हातमा छ । यस्तो आर्थिक सामाजीक ढांचा भयको मुलुकमा कम्युनिष्ट पार्टीहरूले अवको दिनमा परम्परागत ढंगलेले अघि सार्ने गरेको नयाॅ जनवादी क्रान्तीको ढाँचा शान्ती पूर्ण ढंगले प्राप्त गर्नु सम्भव छैन । त्यसैले नौलो जनवादी कार्यक्रमको सिर्जनात्मक संस्करणको रूपमा वहुदलीय जनवादलाई अघि सार्नु भएको हो । यस्तो यथार्थ सत्यलाई हामीले आत्मसात गर्नै पर्दछ र अहिले सामन्तवाद ढली सकेको , सामन्तवादको नाईके राजतंत्र मरिसकेको अनी दलाल पुजिपतिहरूको चकचकि वढिरहेको अवस्थामा जनताको वहुदलीय जनवादलाई समय सापेक्ष सिर्जनात्मक व्याख्या गरिनु र समाजवादको आधार निर्माण गर्ने दिशामा अघि वढ्नु आवस्यक छ ।
हामीले पार्टीको नवौ महाधिवेशन वाट २०६२\०६३ मा महान क्रान्ती सम्पन्न गरेको कुरालाई स्वीकार गरेका छौ ! ०६२\०६३ को क्रान्ती मार्फत हामीले नया जनवाद या जनताको वहुदलीय जनवादी कार्यभार एक स्तरसम्म पुरा गरेर अघि वढिरहेका छौ ! त्यसो भएको हुनाले हामीले सोही महाधिवेशनवाट समाजवाद निर्माणको दिशामा अग्रसर हुने कुरा समेत अघि सारेको छौ ! हामीले जारी गरेको संविधान मै समाजवाद उन्मुख आर्थिक सामाजीक व्यवस्था निर्माण गर्ने कुरा स्पष्ट गरेका छौ ! यसको मतलव यो हो की हामी अव जनवादी क्रान्तीको युग पार गरेर समाजवादी रूपान्तरणको युगमा प्रवेश गरी सकेका छौ ! यो हाम्रो वास्तविकता हो !
कतीपय वेलामा हामी भावनामा वग्छौ ! भावुक हुन्छौ र वास्तविकता स्वीकार गर्न सक्दैनौ ! अहीले हामिलाई त्यस्तै भई रहेको छ ! हाम्रो वास्तविकता एउटा छ ! समयले नया कुराको माग गरी रहेको छ ! हाम्रो भावना चाही अन्तै वगी रहेको छ ! यस्तोमा हामीले वस्तुनिस्ट भएर सोच्नु र मनन गर्नु जरूरी हुन्छ !
मार्क्सवादी सिध्दान्त देश र जनतामा पूर्ण समर्पित सिध्दान्त हो ! अझ मार्क्सवाद विशेष गरी जनतामा समर्पित सिध्दान्त हो ! यसले जनताको मुक्तिको कुरा गर्छ ! सर्वहारा श्रमजीवी वर्गको सत्ताको कुरा गर्छ ! यसले सर्वहारा अन्तराष्ट्रीयतावाद को पनी वकालत गर्छ ! आजको दुनीयामा निठ्ठा मार्क्सवाद को वकालत गर्नु या परम्परागत मार्क्सवादलाई व्यवहारमा उतार्छु भन्नु नितान्त आदर्शको कुरा मात्र हो ! त्यसो भएकोले नै होला मदन भण्डारीले सिर्जनात्मक प्रयोगको कुरा अघि सार्नु भयो ! यस शन्दर्भमा पनी हामीले ठोस परिस्थिती को सही विश्लेषण गरेर सही गन्तव्य पहिचान गर्नु आवस्यक हुन्छ !
हामीले हाम्रो विगतको अनुभव , वर्तमानको गम्भीर विश्लेषणको आधारमा भविष्यको अनुमान गर्नु पर्दछ ! कि हाम्रो अवको सही गन्तव्य कता हो ? यहा हामीले कमरेड मदन भण्डारीले अघि सार्नु भएको यो शन्दर्भलाई पनी हेरौ ! विसौ सताव्दीको अन्त तिर संसार भरी कम्युनिस्ट आन्दोलन रक्षात्मक भईरहेको, कतीपय देशमा कम्युनिस्ट आन्दोलन विघटन तीर गईरहेको अनी धेरै देशका कम्युनिस्ट पार्टी हरूले नाम परिवर्तन गरी आफुलाई समाजवादि पार्टीमा रूपान्तरण गरीरहेको अवस्थामा नेपालमा कम्युनिष्ट पार्टी लाई पुनर्जीवन दिन मार्क्सवादको सिर्जनात्मक प्रयोगको कुरा अघि सारेर जनताको वहुदलीय जनवादी कार्यक्रममा चौध विशेषताहरू थप गर्नु भएको थियो !
त्यसले कम्युनिस्टहरू झन लोकतान्त्रीक हुन्छन ! कम्युनिस्टहरू देशभक्त हुन्छन ! कम्युनिस्टहरू मानव अधिकार प्रेमी हुन्छन अनी कम्युनिस्टहरू एकदलीय तानाशाही होईन वहुलवादी हुन्छन र व्यवहारिक जनवादी हुन्छन भन्नेकुराका साथै कम्युनिस्टहरू न्याय समानता र जनताका सरोकारहरूका प्रतीनिधि हुन्छन भन्ने कुरा समेत स्थापीत गर्यो ! नेपाली कम्युनिस्ट आन्दोलनमा नया आशा, भरोसा - विस्वाशको जागरण पैदा भयो ! यसैका आधारमा कम्युनिष्ट पार्टी लोकप्रीय र जनव्यापी समेत भएको हो ।
यसै पृष्टभूमीमा जनतावाट निरन्तर अनुमोदित भएर आउने कम्युनिस्ट प्रतिनिधि, तथा कार्यकर्तावाट अनुमोदित हुने पार्टि नेताले मात्र सहिमा देशको नेतृत्व र जनताको जीम्वेवारी पुरा गर्न सक्छ ! जनतावाट निरन्तर अनुमोदित हुन दलीय प्रतीस्पर्धामा जाने र कार्यकर्ता विचमा अनुमोदित हुन पार्टीको आन्तरिक प्रतीस्पर्धालाई निरन्तर व्यवस्थीत गरी लोकतान्त्रीक विधिवाट अघि वढ्ने तरीकालाई स्वीकार गरीएको कुरा स्वतः स्पष्ट छ !
विचारमा वहुलवादलाई स्वीकार गर्ने , दलीय प्रतीस्पर्धालाई अपनाउने तर व्यवहारमा प्रसंसा र आत्मवन्चनामा रमाउने प्रविर्ती हामीमा अहीले पनी व्याप्त छ ! विचारमा २१ औ शताव्दीको लोकतंत्रको कुरा गर्ने व्यवहारमा सामन्ती सोच वाट अलीकती पनी वाहीर आऊन नसक्ने संस्कार हामी विच छदैछ ! मदन भण्डारीले अघि सार्नु भएको वहुलवाद र मार्क्सवादको सिर्जनात्मक प्रयोगको अर्थ यो थिएन ! अनी मदन भण्डारीले अघि सार्नु भयको वहुदलीय जनवाद क्रान्ती पछि र समाजवाद निर्माणको क्रममा पनी निरन्तर कायम रहन्छ भन्ने कुरा पनी होईन ! वहाले जनताको वहुदलीय जनवादलाई त सामन्तवाद साम्राज्यवाद विरूध्दको जनता को क्रान्तीको हथियारको रूपमा अघिसार्नु भयको हो !
यो खास युगको कार्यक्रम नै हो, न कि सर्वकालिक !
मार्क्सवाद लकिरका फकिर होईनकी, यसलाई सर्वत वनाएर पिउन सकिन्छ ! या यसको हुवहु नक्कल गर्न सकिन्छ ! मार्क्सवाद त आफै ईतीहास र भौतीक विकासका तथ्य र अनुभवहरूको सच्चाईको सार हो ! जो निरन्तर विकाश भई रहन्छ ! जस्को सामाजीक विशेषता अनुरूप सिर्जनात्मक प्रयोग गर्नु पर्दछ भनेर नवीन विचार अघि सार्नु भएको स्वयं कमरेड मदन भण्डारीले हो ! यस्ता नवीन विचारक कमरेड मदन कुमार भण्डारीका विचारलाई पनी हामीले समय सापेक्ष सिर्जनात्मक ढंगले नै वुझ्नु र व्यवहारमा उतार्नु उचित हुन्छ !
जुन निष्कर्ष स्वयं जननेता मदन कुमार भण्डारीको हो ! तसर्थः अहिले नेपाल कम्युनिस्ट पार्टि एमालेले एकता र संघर्षको सिध्दान्त अनुसार अघि वढ्नु पर्दछ र नेपाली कम्युनिष्ट आन्दोलनलाई परिवर्तनकारी दिशामा लानु पर्छ । साथै जनताको 'सुखी नेपाली सम्वृध्द नेपाल' को चहाना पुरा गर्ने दिशामा लैजान पार्टीमा पुनर्गठन र पुनसंरचना गर्न समेत तयार हुनु पर्दछ । हामीले जननेता कमरेड मदन भण्डारीकै विश्लेषणका आलोकमा सवै विषयमा व्यापक छलफल र वहसको माध्यमवाट जवजको सिर्जनात्मक प्रयोग गरेर अघि वढ्नु सर्वथा सहि हुन्छ ! र यो नै आजको युगको माग पनी हो ! जय होस !!!