माओवादी शसस्त्र द्धन्दका वेला बिस्थापित भएका रौतहटका छोटि भन्सार कार्यालयहरु पुर्न स्थापना नहुँदा तस्कारी मौलाएको छ । छोटी भन्सार कार्यालय स्थापना नहुँदा सिमा नजिक रहेका नेपाली व्यापारीहरु राजश्व तिरेर कारोबार गर्न सदरमुकाम गौरमा रहेको भन्सार कार्यालय पुग्नु पर्ने वाध्यता छ । सरकारी राजश्व तिर्न गौर पुग्न लामो दुरीको यात्रा तय गर्नु वाध्यताका कारण साना व्यापारीले राजश्व छल्ने गरेको स्थानियले बताएका छन् । राजदेवी नगरपालिकाका स्थानिय नविन सिंहका अनुसार भन्सार कार्यालयको प्रक्रिया बुझेकाहरुलाई सहज भएपनि नवुझेकाहरुले भने तस्कारी गर्ने गरेका छन् । भन्सारको कार्यालय टाढा र प्रक्रिया झन्झटिलो हुँदा साना व्यापारीले ग्रमिण भेगको विभिन्न नाका भएर समान नेपाल ल्याउने गरेको उहाँले बताउनुभयो । भन्सार कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा छोटी भन्सार कार्यालय संचालनमा समस्या भएको छ । भन्सार कार्यालय गौरका अधिकृत बिमल साहका अनुसार रौतहटमा ५ वटा छोटी भन्सार कार्यालय छन् । ति मध्ये व्रम्हपुरी, औरैया र बंकुल गरी तिन वटा संचालनमा रहेको उहाँको दावी छ । छोटि भन्सार कार्यालयमा कर्मचारी खटाएको भन्सार अधिकृत साहको भनाई छ । भन्सार कार्यालय गौरले छोटी भन्सारमा कर्मचारी खटाएको बताएपनि ति कार्यालयहरुमा भने कर्मचारी बस्ने गरेको पाईदैन् ।