राैतहट/ चन्द्रपुर प्याव्सन नगर कमिटीको आयोजना एवम् जीवनज्योति गैडाटारको व्यस्थापनमा जारी प्याव्सन छात्रा खो–खो प्रतियोगितामा एभरग्रीन मावि बाल्चनपुर तथा जीवन ज्योति गैडाटार फाइनलमा पुगेका छन् । गत शुक्रबारदेखि चन्द्रपुर–२ को गैडाटारको खेलमैदानमा जारी सो प्रतियोगिताको फाइनल सोमबार हुने आयोजकले जानकारी दिएको छ । एभरग्रीन मावि बाल्चनपुर पाथिभरा मावि तथा नमुना अंग्रेजी आवासिय माविलाई हराउँदै फाइनलमा पुगेको हो । त्यसैगरी जीवन ज्योति गैडाटार माउण्ट एभरेष्ट तथा चन्द्रज्योतिलाई पराजित गर्दै फाइनलमा आप्mनो स्थान सुरक्षित गरेको हो । विद्यार्थीहरुमा लोप हुन लागेको खो–खो खेलको बारेमा जानकारी दिन तथा खो–खो खेलको विस्तार गर्नलाई प्रतियोगिताको आयोजना गरिएको चन्द्रपुर प्याव्सन नगर कमिटीका अध्यक्ष लोक श्रेष्ठले बताउनुभयो । उहाँले विद्यालय स्तरदेखिनै यस खेललाई विकास गर्नसके भविष्यमा यस खेलका पनि राम्रा खेल प्रतिभाहरु जन्मन सक्ने विश्वास गर्नुभयो । उहाँले चन्द्रपुर प्याव्सन नगर कमिटीले विद्यार्थीहरुमा रहेका विभिन्न खेलकुद प्रतिभाहरुको विकास गर्न विभिन्न प्रत्येक महिना खेलकुद प्रतियोगिताको आयोजना गर्ने गरेको बताउँदै असल र अनुशासित नागरिक बनाउन खेलले पनि मद्धत गर्ने धारणा राख्नुभयो ।