चन्द्रपुर/रौतहटको बृन्दावन नगरपालिका वार्ड नम्बर ७ मा जलवायु उत्थानशिल कार्यक्रमको समाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियन र अक्सफाम इन नेपालको आर्थिक सहयोग र आरडिसी नेपालको आयोजनामा सम्पन्न सो वार्डको स्वास्थ्य चौकीमा आयोजित कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको उदेश्य बारे प्रकास पार्दै समाजिक परिक्षक रामाधार यादवले नागरिक र जनप्रतिनिधीहरुलाई उत्तरदायी र जवाफदेही बनाउन सो कार्यक्रमले मद्धत गने विश्वास व्यक्त गरे । स्थानीय निकाय (आर्थिक प्रशासन) नियमावली, २०६४ को नियम २०१ ले गरेको व्यवस्था अनुरूप एक आर्थिक वर्षमा समग्र सामाजिक उत्तरदायित्व पूरा गरे नगरेको परीक्षण (लेखाजोखा) गर्ने, सामाजिक परीक्षणका सैद्धान्तिक र व्यावहारिक पक्षलाई समेट्दै ऐन नियमले तोकेको सामाजिक जिम्मेवारी, त्यस अनुसार संचालित कार्यक्रम, योजनाले ल्याएको सामाजिक उपलब्धि र सामाजिक जिम्मेवारी बहन गर्न सक्ने संस्थागत क्षमता आदिको लेखाजोखा गर्ने कार्यक्रमको उदेश्य रहेको समाजिक परिक्षक उनले बताए ।
स्थानीय विकासका लागि आबश्यकता र उपलव्ध साधन तथा भौतिक रं वित्तीय साधन बीचको अन्तरको समीक्षा गर्ने, सेवाग्राहीहरु र स्थानीय सामाजिक सेवा प्रदायकहरुमा उत्पादनशील सेवाको बिषयमा चेतना जगाउने, स्थानीय विकास कार्यक्रमहरुमा कार्यकुशलता तथा प्रभावकारिता अभिबृद्धि गर्ने र सामाजिक जिम्मेवारी पुरा गर्ने क्रममा भोगेका समस्या, चुनौति तथा कमी कमजोरीहरुको विश्लेषण गर्ने र सुधारको लागि आगामी दिनमा चाल्नुपर्ने कदमहरुको पहिचान गर्ने सो कार्यक्रमको मुलभुत उदेश्य रहेको उनको भनाइ छ ।
उक्त समाजिक परिक्षण कार्यक्रमा सोही वाडका वाड अध्यक्ष जगरनाथ प्रसाद भेडिहरले यस्ता प्रकारका कार्यक्रमले पारदर्शितामा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । उनले आफुस सदैव नागरिकको प्रश्नको जवाफ दिन तयार रहेको जिकिर गर्दै आफुले गर्ने हरेका कामहरु पारदर्शी र नागरिको सहभागिता गर्ने प्रतिवद्धता जनाए । सो वाडका वाड अध्यक्ष भेडिहरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन आरडिसी नेपालकी फिल्ड अफिसर ज्योति फयलले संचालित गरेकी थिइन ।
कार्यक्रममा वार्ड सदस्य राम प्रवेश पंडित,हरीलाल महरा,रम्भा देबी,पुनम देबी,वार्ड सचिव ऋषि नन्दन चौधरी लगायतको स्थानिय सरोकारवालाहरुको सहभागिता रहेको थियो । स्थानियहरु जनप्रतिनिधिहरुलाई वडा तथा नगरबाट प्राप्त सेवा सुविधाको बारेमा विभिन्न प्रश्नहरु गर्दै आफुहरुले सोचेको जस्तो सेवासुविधाहरु नपाइरहेको गुनासो गरे ।