रौतहटको गरुडा नगरपालिका–४ मा रहेको अंशु टे«र्डस फर्निचर पसलमा आगलागी भएको छ । आगो बाराको निजगढ र सिम्रौनगढ नगरपालिकाको दमकलको सहायताले नियन्त्रणमा लिईएको हो । सोही नगरपालिकाको वडा नम्बर ५ निवासी रामजन्म साहले गरेको फर्निचर पसलमा बुधवार राति करिब १ बजे आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागी बाट पसलमा रहेको सोफा सेट,दराज लगायत फर्निचरका विभिन्न सामानहरु जलेर नष्ट भएका छन् । विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख ओमप्रकाश खनालले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट रु १ करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । गरुडा नगर उधोग वाणिज्य संघका अध्यक्ष सतिश साहले विमा कम्पनीबाट क्षतिपुर्ति दिलाउनका लागि पहल थालिएको छ । आगलागी घटनाका बारेमा आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।