ऋण लगानी गर्दा एनआईसी एशिया बैकका कर्मचारीले ग्राहकसंग सापटी भन्दै रकम ठगि गरेको खुलेको छ । आफुहरु ठगिएको भन्दै गएको असोज २ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा तीनजना पीडितले उजुरी दिएकाथिए । जिल्लाप्रशासनकार्यालय रौतहटले अनुसन्धानकालागिजिल्लाप्रहरी कार्यालयमाउजुरी पठाएपनि प्रहरीले पीडित र बैक प्रबन्धकको बयानलिने मात्रकामगरेको छ । जिल्लाप्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले घटना गम्भिर भएकाले अनुसन्धानजारी राखिएको बताउनु भयो । ऋण स्वीकृत र कर्जा प्रबाह गरे बापतएनआईसी एशिया बैक गरुडाका प्रबन्धकआमोद गुप्ताले जय बाबा बैधनाथएग्रिकल्चर कम्पनिप्राईभेट लिमिटेड चन्द्रपुर–१०, अशोकाएग्रिकल्चर दुर्गाभगबती–१ र अम्बे कृषिफर्म चन्द्रपुर–८काप्रोपाईटर संग सापटी भन्दै २ करोड ५ लाख रुपैया ७महिना अघि लिएपनिफिर्ता नगरेपछि कानुनीकारबाहीको लागिउनीहरु प्रहरीको शरणमा पुगेकाहुन। कर्जा प्रबाहगर्दा सापटी भन्दै लिएको रकमफिर्ता नगरेको सम्बन्धमाएनआईसी एशिया बैक गरुडाका प्रबन्धकआमोद गुप्ता संग बुझनखोज्दाउनी सम्पर्क बिहीनबनेका छन ।
कृषिप्रयोजनको लागि माघ अन्तिममासहुलियतपुर्ण ऋण स्वीकृत गरेपछि एनआईसी एशिया बैक गरुडाका प्रबन्धकगप्ताले अशोकाएग्रिकल्चर दुर्गाभगबती–१काप्रोपाईटर अशोक कुमार साह संग नौ वटा खाली चेक लिएर ०७९ चैत्र १७गते चेकनम्बर ५७९६०१८१ बाट बैकका सेक्युरिटी गार्ड धर्मेन्द्र कुमार महतोको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१८५ बाट सञ्जय यादबको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१८३ बाट सचिनश्रीबास्तबको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१७७ बाट पाना देबीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१८२ बाट रामबच्चु राउतको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१७८ बाट आरएनकुमार साहको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१८४ बाट आशा देबीको नाममा५ लाख ३४ हजार लिएको खुलेको हो । साहको सर्लाही बरहथवानगरपालिका–१० सुन्दरपुर चोहर्वाको ४ बिगाह १७ कटठा जमिनधितो राखेर एनआईसी एशिया बैकले ४ करोड ७५ लाख ऋण स्वीकृत गरेको हो ।
स्वीकृत कर्जा रकम ऋणीको खातामा राख्नु पुर्बनै बैक प्रबन्धकले खाली चेक लिएर बिभिन्नब्यबक्तिको नाम बाट ८५ लाख रुपैया लिएको दुखेसो उनको रहेको छ । यस्तै जय बाबा बैधनाथएग्रिकल्चर कम्पनिप्राईभेट लिमिटेडचन्द्रपुर–१०को नाममारहेको चन्द्रपुर–१० डुमरियाको २५ कटठा र चन्द्रपुर–९को घर सहितको २ कटठा ५ धुर जमिनधितो राखेर ३ करोड २० लाखऋण स्वीकृत गर्दा प्रोपाईटर पुष्पनाथ साहको छोरा राकेश साहसंगको नाममा७० लाख रकम राख्नलगाई ८ वटा खाली चेक लिएरबैककाप्रबन्धकआमोद गुप्ताले चेकनम्बर ४९००५३६४ बाट रामसिह राययादबको नाममा ९ लाख ९० हजार, चेकनम्बर ५९००५३६२ को बाट मनिषा देबी साहको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३५९ बाट शेख जहुर हकको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३६१ बाट दुर्गा कुमारी सोनीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३५८ बाट काशी सहनीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३६३ बाट माधब प्रसाद साहकल्वारको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३६५ बाट गैरी देबीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३६० बाट टैट सहनीको नाममा ३६ हजार निकालेको खुल्नआएको छ । अम्बे कृषिफर्म चन्द्रपुर–८का चेकको बिबरण बैकले नदिएको बताइएको छ । एनआईसी एशिया बैक प्रधानकार्यालयकामुख्यगुनासो ब्यबस्थापनअधिकारी अर्जुन राजखनियाले आफुले यस बिषयमाबोल्न नमिल्ने बताउनु भयो ।