सानिमा बैक शाखा चन्द्रपुरले १९ औ बार्षिक उत्सव विविध किसिमका कार्यक्रम गरेर मनाएको छ । चन्द्रपुर ४ स्थित मेन चौकमा रहेको बैंकको शाखाले विहिबार कार्यालय समयमा केक काटेर मनाएको हो । बैकका शाखा प्रवन्धक नविन कोईराला सहित कर्मचारी तथा सेवाग्राहीहरुको उपस्थितीमा केक काट्नु भएको छ । कार्यालयमा आएको सेवाग्राहीलाई केक, मिठाई र चकलेट दिईएको छ । बैंकको बार्षिक उत्सवमा सेवा मुलक कार्य गर्ने योजना रहेको शाखा प्रवन्धक कोईरालाले बताउनुभयो । यसअघि विभिन्न सामाजिक क्रियाकलाप गरी बैकले बार्षिक उत्सव मनाउँदै आएको उहाँले जानकारी दिनुभयो । पछिल्लो महिना बैकले चन्द्रपुरको दुई जना छात्र÷छात्रालाई उच्च शिक्षाको लागि छात्रवृति दिएको हो । हरेक बर्ष उच्च शिक्षा हासिल गर्नेका लागि मेहनती, जेहन्दार, गरिव तथा बिपन्न परिवारका समुदायका दुई जनालाई बैकले छात्रवृति दिने गरेको थियो । विद्यालयत तहको शिक्षा उर्तिर्ण गरी कक्षा ११ र १२ का अध्यानका लागि सानिम बैँकले छात्रवृति दिएको जनाएको छ । सामाजिक उतरदायित्व अन्तर्गत बैंकको चन्द्रपुर शाखाले प्रत्येक बर्ष छात्रवृति दिदै आएको छ । सानिमा बैंकले चन्द्रपुरले प्रत्येक बर्ष विभिन्न किसिमका सामजिक क्रियाकलाप गर्दै आएको छ ।