रौतहटको चन्द्रपुर नगरपालिकाले हात्तिपाईले रोग निवारण कार्यक्रम अन्तर्गत औषधी खुवाउने भएको छ । हरेक टोल, विद्यालयहरूमा आउँदो बैशाख १६ गते देखी ३० गते सम्म औषधी खुवाउने भएको हो । राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम २०८१ को अन्तर्गत चन्द्रपुर नगरपालिकाको आयोजनामा भएको आम औषधि सेवनको अभिमुखीकरण कार्यक्रममा सो जानकारी गराइएको थियो ।आफनो नगर क्षेत्रका करिब ८१ हजार जना नागरिकलाई हात्ती पाइले रोगको औषधी खुवाउने तय छ । चन्द्रपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश ठाकुरका अनुसार प्राणघातक नभएता पनि मानिसहरूलाई अशक्त तथा अपाङ्ग बनाउने यो रोगका विरुद्ध हरेक वर्ष आईभरमेक्टिन, इथाईल्कारबमाजली र अल्वेन्डाजोल भन्ने औषधि अनिवार्य खुवाउनु पर्छ । तीन वटै औषधि उचाई अनुसार निर्धारण हुने र उचाइ नापेर मात्र सेवन गराउने प्रक्रिया रहेको उहाँको भनाई छ । हाल सम्म चन्द्रपुरमा ८ जना भन्दा बढी हात्तीपाइले रोगीहरु भेटिएको र जिल्ला भरी १५ जना भन्दा बढी रोगि भेटिएको तथ्याङकमा उल्लेख छ ।