नेकपा एमाले चन्द्रपुर नगर कमिटीले १० वटा वडामा नगर सदस्यहरुलाई इन्चार्जको जिम्मेबारी पनि दिएको छ । नेकपा एमालेको चन्द्रपुर स्थित पार्टी कार्यालय बसेको नगर कमिटिको दोश्रो बैठकले बैठकले वडाको इन्चार्ज र बिभाग प्रमुखहरुको जिम्मेबारी बाँडफाड गरेको हो । बैठकको निर्णय अनुसार वडा नं. १ मा चन्द्र वहादुर लामिछाने, वडा नं. २ मा ईन्द्र वहादुर उप्रेती, वडा नं. ३ मा दिपक गौतम, वडा नं. ४ मा चिरञ्जीवी गौतम, वडा नं. ५ मा किशोर प्रसाद उपाध्याय, वडा नं. ६ मा कल्पना दाहाल, वडा नं. ७ मा राजेन्द्र चौधरी, वडा नं. ८ मा ऋखेश्वर दाहाल, वडा नं. ९ लिलाधर चौधरी र वडा नं. १० मा गंगा साह रहेका छन् । त्यस्तै बैठकले १७ सदस्यी नगर कमिटिको सचिवालय समेत गठन गरेको छ । बैठकको निर्णय अनुसार नगर अध्यक्ष शिव आचार्य संगठन विभाग र स्थानीय विकास विभाग प्रमुख, उपाध्यक्ष लाल बहादुर दोङ्ग निर्वाचन विभाग प्रमुख, सचिब रामसिंहासन यादव वित्त तथा कोष ब्यवस्थापन विभाग प्रमुख, ृउपसचिब जयनारायण साह कार्यालय व्यवस्थापन बिभाग प्रमुख,महिला उपसचिब सरिता पाण्डे प्रचार तथा प्रकाशन विभाग र वन वातावरण बिभाग प्रमुखमा जिम्मेबारी दिइएको छ । यसैगरी चिरञ्जीवी गौतम स्कुल बिभाग प्रमुख, लिल कुमार राना सहकारी तथा गरिबी निवारण विभाग प्रमुख, रामकुमार कटुवाल युवा फाँट प्रमुखको जिम्मेबारी दिइएको छ । यसैगरी महिला बिभाग प्रमुखका खिम कुमारी गौतम, विद्यार्थीमा दामोदर उप्रेती ,आादीवासी जनजाति बिभाग प्रमुखमा सुर्य बहादुर वाईवा, मजदुर बिभाग प्रमुखमा ध्रुव अर्याल, उत्पीडित जातीय मुक्ति समाज बिभाग प्रमुखमा हरि बि. क.,बुद्धिजीवी बिभागमा सुरज राई, रिटर्नी बिभागमा नवराज विष्ट,भु पु सैनिक प्रहरीमा प्रदिप बस्नेत, पिछडा वर्ग तपेश्वर साह, र किसानमा मुक्ति नाथ दाहाललाइ इन्चार्जको जिम्बेबारी दिइएको छ । बैठकले चन्द्रपुर नगर कमिटिमा १७ सदस्यीय सचिवालय समिति गठन गरेको छ । सचिवालयमा पदाधिकारी ५ जना, वडा इन्चार्ज १० जना , लेखा समितिका अध्यक्ष खेम कार्की, स्कुल बिभागमा प्रमुख चिरन्जीबी गौतम र सहकारी तथा गरिबी बिभाग प्रमुख लिल कुमार राना रहेका छन् । बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब रेग्मी , जिल्ला कमिटि सचिब बाबुराम दाहाल लगायतको सहभागिता रहेको थियो । बैठक नेकपा एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिव प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।