रौतहटको चन्द्रपुर नगरपालिका सहितका पालिकामा आईतबार देखि हातीपाईले रोग बिरुद्ध आम औषधी सेवन अभियान सञ्चालन भएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत वैशाख १६ गतेदेखि जिल्लाभर सञ्चालन भएको यो अभियानमा चन्द्रपुर नगरपालिकाले ८१ हजार जना नागरिकलाइ आम औषधी बितरण गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय जनगणना अनुसार चन्द्रपुर नगरपालिकाको ८४ हजार जनसंख्या मध्ये ३ हजार जना जति २ बर्ष मुनीका , सुत्केरी , तथा दिर्ग रोगी रहेको अनुमान गदै बाकी ८१ हजार जनालाइ हातिपाइले रोगको औषधी खुवाउने लक्ष्य लिइएको हो । चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशसकीय अधिकृत किरणनीधि तिबारी, चन्द्रनिगाहपुर सरकारी अस्पतालका डाक्टर अभिनन्द श्रीवास्तव सहित नगगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मीहरुले हातीपाईले बिरुद्धको औषधी सेबन गरेर अभियानको शरुवात गर्नुभएको हो । बैशाख १६ गते देखी ३० गते सम्म हरेक टोल, विद्यालयहरूमा उक्त औषधी पाईने छ । माईक्रोफालेरिया परजीवी घटाएर रोग लाग्न नदिने यो औषधि दुई वर्ष भन्दा मुनिका बालबालिका, गर्भवती, सुत्केरी आमा, सिकिस्त बिरामी र क्षारे रोग भएकाहरूका लागि खुवाउन भने मिल्दैन । चन्द्रनिगाहपुर अस्पतालका डाक्टर अभिनन्दन श्रीवास्तवले परजिबी मार्ने हातीपाईले बिरुद्धको औषधी खादा यो रोग बाट बचिने भएकाले रोग लाग्न नदिन हाती पाईले औषधी खान आग्रह गनुर्् भएको छ । प्राणघातक नभएता पनि मानिसहरूलाई अशक्त तथा अपाङ्ग बनाउने यो रोगका विरुद्ध हरेक वर्ष आईभरमेक्टिन, इथाईल्कारबमाजली र अल्वेन्डाजोल भन्ने औषधि अनिवार्य खुवाउँदा हातीपाईले रोग नलाग्ने स्वास्थ्यकर्मीहरूको भनाई छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम आमऔषधि सेवन अभियानलाई सफल बनाउन चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले आग्रह गर्नुभएको छ । वैशाख १६ देखि २९ सम्म १४ दिन अभियान सञ्चालन हुने भएकाले यस अभियानमा सहयोगीको भूमिका निर्वाह गरिदिन उहाँले अनुरोध गर्नुभएको हो । हातीपाईले रोग बिरुद्धको औषधी खाएर आफु पनि स्वस्थ बन्न र समृद्ध समाज निर्माणमा सहयोग गर्न सबै नागरिक लाई अपिल गर्नु भएको छ । शरीरिक रुपमा अशक्त, असमर्थ, तथा अपाङ्ग बनाउने भएकाले हातिपाईले बिरुद्धको औषधी सबै नागरिकले सेबन गरुन् भन्नको लागि नगरपालिकाले एक साता अघि देखि नै प्रचार प्रसार लाई तिब्रता दिएको थियो । क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट स्वस्थ व्यक्तिमा समेत सर्ने भएकाले गर्भवती महिला, अशक्त, दुई वर्षमुनिका बालबालिकाबाहेक सबैले औषधि सेवन गर्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालय रौतहटका जनस्वास्थ्य अधिकृत हरेन्द्र गुप्ताले जानकारी गराउनुभएको छ । जिल्लाका १८ वटै पालिकामा एक साथ सञ्चालन हुने अभियानका लागि महिला स्वास्थ्य स्वयं सेविका तथा स्वाथ्यकर्मी परिचालनको गरिएको उहाँले जानकारी दिनुभयो । सन् २०१९ को एक सर्वेक्षणको आधारमा रौतहटमा १५ जनामा हातीपाईले रोग पुष्टि भएको उहाँले स्प्रष्ट पार्नुभयो ।रौतहटमा यसको सङूक्रमण दर उच्च रहेकाले यो अभियानलाई सफल पार्न स्वास्थ्य प्रमुख गुप्ताले सवैसँग आग्रह गर्नुभयो ।नेपालमा सन् २०२० सम्म हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्यसहित सन २००३ देखि औषधी खुवाउन सुरु गरिएको हो । हात्तीपाइलेको जोखिम उच्च देखिएका महोत्तरी, सर्लाही तथा रौतहट जिल्ला देशकै सबैभन्दा कम साक्षर जिल्लामा रहेकाले सकारात्मक जनचेतना जगाउनु अत्यन्त महत्वपूर्ण काम भएको बताइएको छ ।