रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि कलवारले आफनो पालिकामा विकासका कामले गति लिएको दावी गर्नुभएको छ । शिक्षा, स्वास्थ्य, सडक , खानेपानी , नाला लगायतका क्षेत्रमा सुधार आएको उहाँको भनाई छ । नगरपालिकाको कार्यालयमा आईतबार हाईवे न्यूज दैनिकसंगको कुराकानीमा उहाँले पालिकालाई समृद्ध बनाउने अभियानमा लागेको बताउनुभयो । विशेष गरी सडकहरु कालोपत्रे, ढलान, ग्राभेल गर्दै आइरहेको जनाउँदै आफ्नो उहाँले आफनो कार्यकाल भरीमा नगरपालिका धुलोे सडक मुक्त बनाउने लक्ष्य लिएको प्रष्ट पार्नुभयो । नगर भित्र पूर्वाधार विकासको कामले गति लिएको जनाउँदै जनअपेक्षा अनुसार नै काम भएको उहाँको दावी छ ।
सडक फराकिलो, सडक बिस्तार , नाला निर्माण लगायतका क्षेत्रमा आफुले विशेष ध्यान दिएको उहाँले उल्लेख गर्नुभयो । गरुडा नगरपालिकालाई भौतिक पूर्वाधारमा अब्बल बनाउने उहाँको विश्वास छ । नगर प्रमुखको उम्मेदवार भएर नगरवासीहरुसँग गरेका वाचा तथा प्रतिवद्धताहरु केही पुरा गरिसकेको र केही पुरा गर्ने क्रममा रहेको जनाउँदै उहाँले नगरवासीको इच्छा अनुसार विकासमा अब्बल नगर बनाउने प्रतिवद्धता व्यक्त गनुभयो । बिपन्न परिवारको पहिचान गरी नगरपालिकाले छोरीको विवाहका लागि नगद आर्थिक सहयोग गर्दै आएको छ । हालै मात्रामा दुई जनालाई बिपन्न परिवारलाई छोरीको विवाह खर्च स्वरुप जनही २० हजारको चेक दिएको छ । गरुडा नगरपालिकाको वार्ड नं. ५ महम्मदपुर बस्ने बुनी महरा चमारको छोरी सियासुन्दर र सोहि नगरपालिका बस्ने सितावी हजार तथा श्रीमति पतिया कुमारी देवीको छोरी रेणु कुमारीको विवाहका लागी आर्थिक सहयोग गरीएको छ । यस प्रकारका उपक्रमले समुदायको विकास तथा सद्भाव बढाउन सहयोग पुर्याउनेछ भन्ने विश्वास नगर प्रमुख जैसवाल धारणा छ । स्वास्थ्य क्षेत्रलाई समेत आफुले उतिकै महत्व दिएको उहाँले बताउनुभयो ।
उहाँले नगरभरी रहेका स्वास्थ्य चौकीहरुलाई पनि औषधी , जनशक्ति र सेवा सुविधामा अब्बल बनाउन आफुले कामहरु गरेको स्मरण गर्दै नगरका विभिन्न वडामा वथिङ्ग सेन्टरहरुको स्थापना गरेर असुरक्षित तरिकाले घरमै बच्चा जन्माउनुपर्ने वाध्यताको अन्त्य गरेकको बताउनुभयो । उहाँले नगरभरि रहेका निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई पनि नगरपालिकाको दायरामा ल्याएर निरन्तर अनुुगमन तथा मुल्याङ्कन गरिरहेको जनाउँदै सबैको लागि सुलभ र सुविधायुतm स्वास्थ्य सुविधा गरुडामै उपलब्ध हुने वातावरणको सृजना गर्न आफुहरु सफल हुने कुरामा विश्वास व्यक्त गर्नुभयो । उहाँले आफ्नो यो कार्यकालभरीमा सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रहरुलाई सुविधायुतm अस्पताल बनाउन केन्द्र, प्रदेश सरकारसँग सहकार्य गदै आएको जनाउनुभएको छ । यस नगरपालिकामा निरन्तर सफाई र व्यवस्थापनको प्रक्रियामा सुधार ल्याउने उद्देश्यले यो सरसफाई अभियानलाई अघि बढाइएको उहाँले बताउनुभएको छ । नगरवासीहरुको स्वास्थ्य र सफाईलाई लक्षित गरी सरसफाई कार्यलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले फोहर व्यवस्थापनको काममा लापरवाही गर्ने सरसफाई कर्मीहरूमाथि कारबाही गरिने चेतावनी समेत दिनुभयो । नगर पालिका अन्तर्गत मुख्य बजार एरिया जयनगर, शिवनगर, झाझपुल, गरुडा, विर्ता, जिगंडीया लगायतका क्षेत्रहरुमा सरसफाईको क्रममा वा सो विषयलाई लिएर यदि जनगुनासो आएमा सुईपर कर्मचारीहरुको पेशा जोखिममा रहने बताउनुभएको थियो ।
फोहरहरूको नियमित सफाईले नागरिकहरूको स्वास्थ्य कायम सुरक्षा गर्ने माध्यम हो भन्ने सन्देश पनि दिएको छ । नगरपालिका अन्तर्गतका सरसफाई कर्मीहरूलाई पालिका भरका फोहर व्यवस्थापनमा विशेष ध्यान दिने गरी निर्देशन दिनुभयो । भौतिक पूर्वधार, स्वास्थ्य संगै शिक्षा पनि महत्वपूर्ण भएको उहाँको धारणा छ । शिक्षा नै समाज विकासको पहिलो प्राथमिकता नै हो भनेर नगरभित्र रहेका सामुदायिक विद्यालयहरुको भौतिक तथा शैैक्षिक गुणस्तरको विकासको लागि ध्यान दिईएको छ । यसका लागि नगरपालिकाले सामुदायिक विद्यालयहरुको भवन निमार्णको लागि वजेट छुट्याएर बालबालिकाहरुलाई सुविधासम्पन्न भवनमा बस्ने वातावरणको निमार्ण गरेको उहाँले बताउनुभयो । कक्षा कोठाको अभावमा बहुकक्षा चलाउनु पर्ने वाध्यताको अन्त्य गर्दै विद्यालयहरुमा पक्की भवन र कक्षाकोठाहरु थप गरेको सुनाउँदै उहाँले नगर भरीका हरेक सामुदायिक विद्यालयहरुलाई भौतिक पूर्वाधारमा अब्बल बनाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो । विद्यालयहरुको भवन सँगसँगै डेस्क बेञ्च, फर्निचर, कम्प्युटर, पुस्तकालय लगायतका पूर्वाधारहरुमा पनि गरुडा नगरपालिकाले लगानी गरिरहेको उहाँले उल्लेख गर्नुभयो । कृषि क्षेत्रको विकासको लागि वडागत रुपमा सिचाइँको व्यवस्था मिलाउन नगरपालिकाले वजेट व्यवस्थापन गर्दै अघि बढिरहेको जनाउनुभएको छ ।
उहाँले कृषकहरुको लागि उन्नत विउ विजनको व्यस्वथा, अनुदानको समूचित वितरण, पशुपालनको सम्बन्धि तालिम तथा सेवाको प्रवद्धन, रासायनिक मलको वैज्ञानिक तरिकाले वितरणको व्यवस्था मिलाउने, बैमौसमी तरकारी खेती प्रविधीको सिकाई , प्लाष्टिक टनेलको निमार्ण, कृषि उपजको बजारीकरण लगायतका कार्यहरुमा नगरपालिकाले सबै खाले श्रोतहरुको व्यवस्थापन र परिचालन गरिरहेको जनाउनुभयो । पर्यटकिय स्थलहरुको विकास र प्रवद्धनको लागि नगरपालिकाले वजेट व्यवस्थापन गर्दै आएको बताउँदै उहाँले गरुडा नगरपालिकालाई पर्यटकिय नगर बनाउन सबैले दायित्व बहन गर्दै लाग्नुपर्ने बताउनुभयो । गरुडा नगरपालिकामा व्याप्त गरिबी तथा बेरोजगारी समस्याको समाधान गर्न गरुडा नगरपालिकाले त्यस्ता वर्गलाई लक्षित गर्दै विभिन्न रोजगारमूलक तालिमहरु पनि सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । नगरप्रमुख कलवारले आफु निर्वाचित भएर आएदेखि गरुडाका सबै क्षेत्रहरुको विकासको लागि आफुले योजना बनाएर निरन्तर काम गरिरहेको बताउँदैै उहाँले आफ्नो कार्यकालमा नगरपालिकालाई समृद्ध नगरपालिका बनाउन कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।