रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ६ र वडा नं. ८ को सिमनामा पर्ने माझी टोल नजिकमा तेक्वान्दो कर्वड हल बन्ने भएको छ । चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल तेक्वान्दो संघ रौतहट जिल्ला कार्य समितिको पहलमा भवन बन्ने भएको हो । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफ्ले मंगलबार एक समारोहका बिच तेक्वान्दो कर्वड हलको शिलन्यास गर्नुभएको छ । उतm कार्यक्रममा बोल्दै उहाँले यहाँको खेलकुद विकासका लागि पालिकाले आवश्यक सहयोग गर्दै आएको बताउनुभयो । उहाँले फुटवल, कराँते वा तेक्वान्दोका खेलाडीलाई आवश्यक खेल सामग्री दिदैँ आएको समेत चर्चा गर्नुभयो । यस नगरको पहिचान खेलकुद क्षेत्रले दिएको उहाँले उल्लेख गर्नुभयो । यहाँका महिला वा पुरुष खेलाडीले विभिन्न विधाको खेलमा उत्कृष्ट हुँदै आएको दावी गर्नुभयो । यहाँको महिला फुटवल खेलडी विभागिय टिममा रहेको र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिता समेत खेलको बताउनुभयो । महिला फुटवलका कारण नगरको पहिचान खेलकुद क्षेत्रमा नै भएको उहाँको भनाई छ ।
खेलकुदको समग्र विकासका लागि नगरपालिकाले सहयोग गर्दै आएको नगर प्रमुख काफ्लेले बताउनुभयो । महिला फुटवल मात्र नभई अन्य खेलबाट पनि नगरलाई चिनाउन आवश्यक रहेको उहाँले औल्याउनुभयो । पछिल्लो तेक्वान्दो र कराँते खेलबाट पनि परिचित भएको उहाँले बताउनुभयो । यहाँ कराँते खेलका लागि कर्वड हल बनिसकेको र अव तेक्वान्दोका लागि पनि चाँडै बन्ने उहाँको भनाई छ । यस कर्वड हलमा नियमित रुपमा खेल प्रशिक्षण हुने उहाँले विश्वास व्यतm गर्नुभयो । नगर प्रमुख काफ्लेले तेक्वान्दोका खेलाडीले मधेश प्रदेश तथा राष्ट्रिय स्तरमा खेलेका खेलको उच्च प्रशंसा गर्नुभयो । खेलकुदका क्षेत्रमा पुरुष भन्दा पनि महिला खेलाडीको अभिरुची देखिएकाले यसलाई प्रोत्सहित आवश्यक रहेको उहाँले औल्याउनुभयो ।
सो कार्यक्रममा चन्द्रपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले खेलकुद स्वास्थ्यका लागि मात्र नभई गाँउ टोल र नगर समेत चिनाउने गरेको बताउनुभयो । उहाँले खेलकुदको माध्यमबाट नै नगर, जिल्ला, प्रदेश हुदै देशको नाम परिचित हुने हुँदा यसको बिकास अपरिहार्य रहेको बताउनुभयो । नगरको खेलकुद विकासका लागि नगरपालिकाले सहयोग गर्दै आएको र अझै आवश्यक सहयोग गर्न तयार रहेको उहाँको भनाई छ । चन्द्रपुर नगरपालिकाको रु. १५ लाखको लागतमा तेक्वान्दो कर्वड हल वन्ने भएको नेपाल तेक्वान्दो संघ रौतहट जिल्ला कार्य समिति रौतहटका अध्यक्ष विर वहादुर राना मगरले बताउनुभयो ।
हाल १०६ जना तेक्वान्दो खेलाडी नियमित रुपमा प्रशिक्षण गर्दै आएकोमा कर्वड हल बनेपछि सहज हुने उहाँको भनाई छ । तेक्वान्दो खेलको बिकाशको लागी पालिकाले गरेको सहयोग प्रति उहाँले आभार व्यतm गर्नुभयो । सो कार्यक्रममा स्थानिय भद्रभलादमी, समाजका अगुवा तथा खेलाडीहरुको उपस्थिती रहेको थियो । नेपाल तेक्वान्दो संघ रौतहट जिल्ला कार्य समितिका सचिव केशव खड्का अनुसार नगर प्रमुख काफ्लेलाई ८४ बर्षिय वृद्धाले स्वागत गर्दै पालिकाको विकासका काममा अझै अग्रसर रहन आर्शिवाद समेत दिनुभएको थियो । तेक्वान्दो कर्वड हल बनेपछि खेलाडीहरुको दक्षतामा अझ बृद्धि हुने विश्वास नेपाल तेक्वान्दो संघ रौतहट जिल्ला कार्य समितिले लिएको छ ।