रौतहटको गरुडा नगरपालिकामा रहेका स्वास्थ्य स्वयंसेविकाहरुका लागि प्रजनन् स्वास्थ्य रुग्णता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गरुडा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको अभिुमखीकरण कार्यक्रममा नगरपालिका अन्तरगत पर्ने ९ वटै वडाहरुमा खटिएका स्वास्थ्य स्वयंसेविकाहरुको सहभागीता रहेको थियो ।
किशोरीहरुलाई प्रजनन स्वास्थ्यको बारेमा जानकारी गराउन प्रजनन स्वास्थ्यको समस्याहरु धेरै रहेको र बेलैमा सचेतना गर्दा किशोरीहरुलाई फाईदा हुने भएकाले यस किसिमका अभिमुखीकरण कार्यक्रम गरिएको हो । सो कार्यक्रममा बोल्दै गरुडा नगरपालिका नगर प्रमुख कन्थमनि जयसवालले वालविवाहका कारण प्रजनन् स्वास्थ्यमा समस्या आउने गरेको बताउनुभयो । गाँउमा हुने शिविर तथा स्वास्थ्य चौकीमा स्वास्थ्य परिक्षण गर्न आएकाहरु मध्ये अधिकाशं प्रजनन स्वास्थ्य समस्या लिएर आउने गरेको उहाँले उल्लेख गर्नुभयो । ‘
महिलाहरुमा पाठेघर खसेका, सेतो पानी बग्ने, महिनावारी गडबढी हुने लगायतका समस्या अधिक मात्रमा हुने गरेको उहाँको भनाई छ । गाँउघरमा महिलाहरुको लापरवाहीका कारण समस्या आउने तर उपचार नगराउने, कसैलाई नभन्ने परम्पराले प्रजनन् स्वास्थ्य समस्या जटिल बन्दै गएको उहाँले जिकिर गर्नुभयो । कार्यक्रममा सिकेका कुरा समुदायमा पु¥याउन स्वयंसेविकाहरुले भुमिका निर्वाह गर्नेमा उहाँले बिश्वस व्यतm गर्नुभएको छ । कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाहरुले समस्या वा गुनासो नगर प्रमुख जयसवाल समक्ष राखेका छन् । यहाँ आएका गुनासो वा समस्यालाई क्रमश ः छलफलको माध्यमबाट सामधना गदै लैजाने प्रतिवद्धता समेत व्यतm गर्नुभयो । गरुडा नगरपालिकाको सभा हलमा उतm कार्यक्रम भएको जनाईएको छ ।