रौतहट, ३२ जेठ /रौतहट जिल्लाको मध्य भागले चिनिने प्रख्यात व्यवसायी क्षेत्र गरुडा नगरपालिकामा आफ्नै प्रमुख प्रशासकीय भवन हुने भएको छ । लामो समयदेखि आफ्नो प्रमुख प्रशासकिय भवन नहुँँँदा भाडाको साँघुरो भवनबाट कार्य सम्पादन गर्नुपर्ने वाध्यताको अन्त्य गर्न उद्देश्यले निमार्ण गर्न लागिएको सो भवनको गरूडा नपाका नगरप्रमुख कन्थमनी प्रसाद जयसवालले शुक्रबार एक भव्य कार्यक्रम बिच शिलान्यास गर्नुभएको छ । सो शिलान्यास कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख जयसवालले आफुले निर्वाचित भएर आएदेखि नगर र नगरवासीको समग्र विकासको लागि कार्यहरु गरिरहेको जिकिर गर्नुहुँदै आगामि दिनमा गरुडालाई समृद्ध नगर बनाउने अभियानलाई अझ बढि योजनावद्ध ढंगले लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आफुले नगरको विकासको लागि संघ तथा प्रदेश सरकारसँग निरन्तर समन्वय गर्दै आइरहेको स्मरण गर्दै त्यसैको फलस्वरुप यस वर्षको संघिय वजेटमा गरुडाको धेरै योजनाहरु परेको जानकारी दिनुभयो ।
सो भवन ३ तल्ले निर्माण हुने योजना रहेकोमा तत्काल १ तल्ले भवनको स्टिमेट गरी छिटै निर्माण कार्य सम्पन्न हुने विश्वास गरुडा नगरपालिकाले लिएकोछ । सो भवनको निर्माण ठेक्का जिम्मेवारी श्रेष्ठ बटुक भैरव जेवी बिरगंज पर्साले ३ करोड ३३ लाखमा पाएको छ ।