चन्द्रपुर,१७ साउन
नेपाल बिधुत प्राधिकरण चन्द्रनिगाहपुर शाखाले गत आर्थिक बर्ष अर्थात २०८०÷०८१ मा ४२ करोड भन्दा बढी रकम बिधुत महसुल उठाएको छ । प्राधिकरण चन्द्रनिगाहपुर शाखाले सार्वजनिक गरेको प्रगति प्रतिबेदन अनुसार गत आर्थिक बर्षमा ४२ करोड ६३ लाख ९० हजार ९ सय ४२ रुपैया बिधुत महसुल बापत रकम उठाएको हो । उक्त शाखामा अहिले सम्म ३२ हजार ७ सय ९३ जना ग्राहक रहेका छन । सो अबधिमा यस शाखामा ४ करोड ९६ लाख ८४ हजार ४ सय ८५ युनिट बिधुत खपत भएको शाखाका प्रमुख ई.धिरेन्द्र कुमार यादबले जानकारी दिएका छन । सोही अबधिमा १ सय ३५ जनालाइ चुहाबटी कर्वाही गरेर ८ लाख ९७ हजार ८ सय ५९ रुपैया संकलन गरेको समेत प्रमुख यादबले जानकारी दिए । २०८०÷०८१ मा शाखामा २ हजार ४३ ओटा लाइन काटेको र लाइन जोडेको संख्या २ हजार १ सय १४ रहेको समेत उनले जानकारी दिएका छन ।लाइन जोडेकोबाट ५ करोड ६ लाख ५१ हजार १ सय ३७ रुपैया रकम उठेको समेत उनले जानकारी दिए । यो रकम अहिले सम्मकै बढी भएको प्रमुख यादबको भनाइ रहेको थियो । यसैगरी गत आर्थिक बर्षमा १ हजार ९ सय ६० वटा नया मिटर बिmत्री बितरण गरेको उनले जनाए । सिंगल फेजको १४ सय ९२ वटा,सिचाइ मिटर २ सय ७६ वटा,थ्रिफेज ३९ वटा मिटर जडान भएको कार्यालय प्रमुख यादबले जानकारी दिएका छन ।यसैगरी १ सय ५३ वटा मिटर निशुल्क बिपन्न परिवारको घरमा जडान गरेको समेत उनले जानकारी दिए ।यसैबिच गत आर्थिक बर्षका तुलनामा बिधुत चुहावट पनि न्युन भएको कार्यालय प्रमुख यादबले बताए । २०७९÷०८० मा बिधुत चुहावट १३.८० रहेकोमा २०८०÷०८१ मा ११.९३ प्रतिशत लक्ष्य दिएकोमा ११.५२ प्रतिशत लक्ष्य प्राप्त गर्न सफल भएको प्रमुख यादबको भनाइ रहेको थियो । गत बर्षमा हावाहुरीले बिधुतमा ब्यापक क्षति गरेको उनले बताए । केही महिना अगाडी आएको हुरीले चन्द्रनिगाहपुर र गुजरा नगरपालिकामा गरी ३ वटा ट्रान्सफरमर नै उडाइदिएको थियो भने दर्जनौ पोल र हावाले भाचिदिएको थियो ।