चन्द्रपुर,२० साउन
माधब कुमार नेपाल नेतृत्वको नेकपा एसका नेता तथा मधेश प्रदेशका पु्र्व राज्यमन्त्री नागेन्द्र यादब एमाले मै फर्किएका छन । नेकपा एमालेका केन्द्रिय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई स्वागत गरेका थिए । आइतबार नेकपा एमाले मुख्यालय च्यासनमा एक कार्यक्रम गरी पुर्वमन्त्री यादब सहित २० जना नेकपा एस त्यागेर नेकपा एमालेमा फर्किएका हुन । नेकपा एसमा बस्नुको कुनै औचित्य नभएको कारण सो पार्टी परित्याग गरी आफनो पुरानो पार्टी नेकपा एमालेमा नै फर्किएको पुर्वमन्त्री यादबले बताए । पार्टीमा आफु २०४८ साल देखी सक्रिय रहेको र २०५४ सालको स्थानिय तहको निर्वाचननमा नेकपा एमालेको तर्फबाट साबिक सिम्राभवानीपुर गाबिसको अध्यक्षमा निर्वाचित भएको उनले स्मरण गरे । २०७४ सालको निर्वाचनमा पनि नेकपा एमालेको तर्फबाट रौतहट क्षेत्र नं. ३ को ख बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएको यादबले बताए । २०७८ सालमा नेकपा एमालेबाट चौटिएर गएको नेकपा एसमा लागेका यादब २०७९ सालमा नेकपा एसको तर्फबाट मधेश प्रदेश सरकारको राज्यमन्त्री भएका थिए । आफुले त्यो बेला गल्ती गरेको उनले स्वीकारेका छन । २०७९ सालको प्रदेश सभाको निर्वाचनमा नेकपा एसबाट रौतहट क्षेत्र नं. ३ ख मा उठेका यादब पराजित भए । उनलाइ हालका नेकपा एमालेको तर्फबाट स्वास्थ्य राज्यमन्त्री केशब राय थारुले हराएका थिए । उक्त निर्वाचनमा राय थारु स्वतन्त्रबाट निर्वाचन लडेका थिए ।पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ता,केन्द्रिय सदस्य उद्धब रेग्मी,केन्द्रिय लेखा समिति सदस्य राजकिशोर यादब,मधेश प्रदेश उपसचिब आरती भण्डारी,जिल्ला उपाध्यक्ष रुपेश पटेल लगायत नेताहरुको सहभागिता रहेको थियो । नेकपा एसका नेता तथा मधेश प्रदेशका पुर्व राज्यमन्त्री यादब सहित २० जना बिभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको पार्टीका रौतहट जिल्ला इन्चार्ज गुप्ताले जानकारी दिएका छन ।