रौतहट,२१ साउन
देशमा आर्थिक मन्दीको कारण देखाउदै रौतहटमा उद्योग बन्द गर्नेको संख्या बढेको भने नया दर्ता गर्नेको संख्या घटेको छ । घरेलु तथा साना उद्योग कार्यालय रौतहट गौरले दिएको जानकारी अनुसार गत आर्थिक बर्ष २०८०÷०८१ मा रौतहटमा १ सय २४ वटा उद्योग बन्द र बाणिज्य तर्फका २ सय ४१ वटा फर्म आर्थिक मन्दीको कारण बन्द भएका छन । यो २०७९÷०८० भन्दा बढी उधोग बन्द गर्नेको संख्या हो । दर्ता भएका उद्योग बन्द गर्नेको संख्या बढिरहेको छ भने नया उद्योग दर्ता गर्नेको संख्या घटिरहेको घरेलु तथा साना उद्योग कार्यालय रौतहट गौरकी कार्यालय प्रमुख रिंकी कुमारी जयसवालले जानकारी दिनुभएको छ । गत आर्थिक बर्षमा रौतहटमा ५ सय ८४ वटा मात्रै नया उद्योग दर्ता भएको कार्यालय प्रमुख जयसवालले जानकारी दिनुभयो । बिगतका बर्षहरुमा १ हजार भन्दा बढी दर्ता हुने गरेको उहाको भनाइ छ । यसैगरी गरी बाणिज्य तर्फ पनि पसल दर्ता गर्नेको संख्या पनि गत आर्थिक बर्षमा घटेको उहाले जानकारी दिनुभयो । गत आर्थिक बर्षमा बाणिज्य तर्फ ५ सय ८३ वटा मात्रै फर्म दर्ता भएको उहाले बताउनु भयो । यसैगरी गत आर्थिक बर्षहरुमा १ हजार भन्दा बढी बाणिज्य तर्फ फर्महरु दर्ता हुनेगरेको कार्यालय प्रमुख जयसवालको भनाइ छ ।यस्तै गत आर्थिक बर्षमा ८ सय ३० वटा उद्योग मात्रै नबिकरण भएको,४४ वटा उद्योगले पुजी बृद्धि गरेको,२० वटा उद्योगले नामसारी गरेको,६ वटा उधोगले ठाउसारी गरेको,१२ वटा उद्योगले नाम परिर्वतन गरेको कार्यालय प्रमुख जयसवालले जानकारी दिनुभएको छ ।यसैगरी बाणिज्य तर्फ १३ सय ४६ वटा फर्मले नबिकरण गरेको,१ सय ५ वटा फर्मले पुजी बृद्धि गरेको,१५ वटा फर्मले नामसारी गरेको,२१ वटा फर्मले ठाउसारी गरेको र २ सय ४१ वटा फर्मले लागत कट्टा गरेको समेत उहाले जानकारी दिनुभएको छ ।रौतहटमा उद्योग र बाणिज्य तर्फका फर्म दर्ता गर्ने घटेको र नबिकरण गर्नेहरु घटेपछि राजस्व पनि पुर्ण रुपमा घटेको देखिएको छ । घरेलु तथा साना उद्योग कार्यालय रौतहट गौरले दिएको जानकारी अनुसार रौतहटमा उद्योग तर्फ ४३ लाख ५३ हजार ९ सय र बाणिज्य तर्फ ६७ लाख ७० हजार गरी जम्मा १ करोड ११ लाख २३ हजार ९ सय मात्रै राजस्व संकलन भएको कार्यालय प्रमुख जयसवालले जानकारी दिनुभयो । गत बर्षहरुमा साडे २ करोड सम्म घरेलु तथा साना उद्योग कार्यालय रौतहट गौरले राजस्व संकलन गदै आएको थियो । आर्थिक मन्दीकै कारण राजस्वमा समेत प्रभाब पारेको उहाले बताउनु भयो । सोही कार्यालयको उधमशिलता कार्यक्रम अन्र्तरगत महिला ७३ जना र पुरुष ४७ जना गरी १२० जना सहभागिता जनाएको समेत उहाले जानकारी दिनुभएको छ ।