चन्द्रपुर,२० भदौ
नेपाली काङ्ग्रेस चन्द्रपुर नगर समितिको आयोजनामा बुधरबार तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । बुधबार रौतहट क्षेत्र न.ं ४ का संघिय संसद देब प्रसाद तिमलसिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा संघिय संसद देवप्रसाद तिमल्सिनाले हरितालिका तीज नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने पर्व भएको हुँदा अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेको हुँदा यसबाट धार्मिक सहिष्णुता कायम भएको बताउनुभयो । नारीहरुको पबित्र पर्व भब्य र सब्य रुपमा मनाउन संसद तिमलसिनाले आग्रह गर्नुभएको छ । यसैगरी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय काफ्लेले तीज नेपाली महिलाको महत्त्वपूर्ण चाड भएकाले यसलाई हर्षोउल्लास तरिकाले मनाउन पाउनु नारीको अधिकारभित्र पर्ने कुरा भएको बताउनुभएको छ । नगर प्रमुख काफ्लेले महिलाले मनाउने तिजको मौलिकता हराउँदै गएको हँदा यसको मौलिकता जोगाउनु हामी सबैको दायित्व रहेको समेत बताउनुभयो ।
यस्तै नेपाली कांग्रेस चन्द्रपुर नगर समितिका सभापति मुकेश गिरीले आधा आकाश ढाकिएका महिलालाई घरभित्र मात्र सीमित गरिनु हुंदैन भनेर तीज विशेष कार्यक्रम आयोजना गरिएको बताउनु भएको थियो । रौतहट क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य माननीय देवप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चन्द्रपुर नगरपालिका नगर प्रमुख सञ्जय कुमार काफ्ले,उपप्रमुख जयमाला कुमारी चौधरी ,नेपाली काङ्ग्रेस मधेस प्रदेश प्रवक्ता सुर्य बहादुर थापा, महाधिवेशन प्रतिनिधि सञ्जय कार्की, क्षेत्र नं ४ का क्षेत्रीय सभापति रामसिनेही यादव , चन्द्रपुर नगरपालिका वाड नं. १ का वाड अध्यक्ष तथा सामाजिक विकास शाखा सभापति बलराम राउत, नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सदस्य श्यामहरी चौलागाईं ,महिला नेत्री लक्ष्मी,बराल, विन्देश्वरी देवी न्यौपाने लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रम नेपाली काङ्ग्रेस चन्द्रपुर नगर समिति सभापति मुकेश गिरीको सभापतित्वमा सम्पन्न भएको थियो । चन्द्रपुर नगरपालिका वडा नं ६ डाबरी स्थित जीपी उद्यानमा आयोजित कार्यक्रममा चन्द्रपुर नगरपालिका भरिका करिब १ हजार ५ सय भन्दा बढी महिला तथा विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिति रहेको नेपाली काङ्ग्रेस नगर समिति सचिव गणेश चौलागाईंले जानकारी दिनुभएको छ ।