चन्द्रपुर,२० भदौ
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ सानो खरियान डाडामा अतिक्रमण हटाउन गएका वन कर्मचारी र स्थानिय बिच झडप भएको छ । महादेब स्थान सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्र संगै रहेको राष्ट्रिय वन क्षेत्रमा पर्ने सानो खरियान डाडामा बुधबार वन कर्मचारी र वन गस्तीको टोली बिच समान्य झडप भएको थियो । स्थानियले अतिक्रमण गरेको जमिनमा रोपेको मकै ओखलेर फयालेर बिरुवा रोपेपछि स्थानियले वन कर्मचारी माथि आक्रमण गर्न खोजेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका सहायक वन अधिकृत राजेश साहले जानकारी दिएका छन । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका सहायक वन अधिकृत बिमल ठाकुरको नेतृत्वमा गएको वन कर्मचारीको टोलीले सो क्षेत्रको करिब २ हेक्टर जमिनमा रोपेको मकै ओखलेर बिरुवा रोपेको थियो । सो क्षेत्रमा बुधबार र बिहीबार मसला,अमला मलेसियन सखुवा लगायत बिभिन्न जातको ५ सय भन्दा बढी बिरुवा रोपेको सहायक वन अधिकृत साहले जानकारी दिएका छन । बिरुवा रोप्ने क्रममा स्थानिय २०÷२५ जना महिलाको समुह आएर वन कर्मचारी माथि आक्रमण गर्न खोजेको उनले जानकारी दिएका छन । सो क्षेत्रमा बिरुवा रोपेको भएतापनि हुर्काउन चुनौति रहेको बताए ।
यता डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त साहले जनप्रतिनिधिको समन्वयमा वन क्षेत्रको अतिक्रमण हटाउने बताएका छन । बढदै गएको वन क्षेत्रको अतिक्रण हटाउन जनप्रतिनिधिको सहयोग अनिवार्य भएको हुदा उहाहरुकै सहयोगमा अतिक्रमण हटाउने डिएफओ साहले बताए । रौतहटमा करिब ३ हजार १ सय हेक्टर वन क्षेत्रको जमिन अतिक्रमण भएको एक तथ्यले देखाएको छ । चुरे क्षेत्रको अधिकांश भुभाग अतिक्रमणको चपेटामा छ ।