चन्द्रपुर,२२ असोज
रौतहटको चन्द्रपुर नगरपालिकामा तालाबन्दी भएपछि उपभोक्ताहरुको रकम भुक्तानीको काम रोकिएको छ । सोमबार एक समुहले चन्द्रपुर नगरपालिकामा तालाबन्दी गरेपछि रकम भुक्तानीमा समस्या आएको हो । नगर प्रमुख संजय कुमार काफ्लेले दशैको मुखमा बिभिन्न स साना योजनाहरुको भुक्तानी गर्नको लागी आफु र प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारी गौर कोलेनिका गएको बखत नगरपालिकामा एक समुहले तालाबन्दी गरेको बताएका छन । जनताको भुक्तानीकै लागी काम गरिरहेको अबस्थामा आफु नभएको मौका छोपी नगरपालिकामा तादाबन्दी गर्नु दुखद भएको नगर प्रमुख काफ्लेले बताए । मालपोत कार्यालय चन्द्रनिगाहपुरबाट आउने रकम नगरपालिकाको खातामा ल्याउनको लागी कार्य गरिरहेको नगर प्रमुख काफ्लेले बताएका छन । आफनो ज्यादारी शिक्षकको समेत भुक्तानी लिइसकेकाहरुले नगरपालिकामा तालाबन्दी गर्नु दुखदायी कुरा भएको बताउदै नगर प्रमुख काफ्लेले दशै अगाडी नै स साना योजनाको भुक्तानी गर्ने जानकारी दिएका छन । अहिले सम्म कसैको पनि भुक्तानी नरोकेको र अब आउदा दिनहरुमा बाकी बक्यौता रकम भुक्तानी गरेर मात्रै नया बिकाशका योजनाको सम्झौता गरिने समेत उनले बताएका छन । पैसाको अभाबमा स साना योजनाहरुको पनि भुक्तानी हुन सकेको थिएन । बिच समयमा प्रमुख प्रशासकिय अधिकृत तिवारीको सरुवाको जालझेलले रकम भुक्तानीमा ढिलो भएको समेत नगर प्रमुख काफलेको भनाइ रहेको छ । अब बाकी योजनाका भुक्तानीहरु पनि यथासक्यो चाडो भुक्तानी हुने नगर प्रमुख काफ्लेले बताए ।
यता स साना योजनाका भुक्तानी लिन गएका उपभोक्ताहरुले चाडो भन्दा चाडो नगरपालिकाको तालाबन्दी खोलेर भुक्तानी गर्न आग्रह गरेका छन । तालाबन्दी गरेर समस्याको समाधान नहुने बताउदै तालाखोलेर भुक्तानी गर्न उनीहरुले माग गरेका छन । दुईपक्ष बिच सहमती गरेर चाडो भन्दा चाडो ताला खुलाएर भुक्तानी गर्न उनीहरुले नगर प्रमुख संग माग गरेका छन ।