गौर,२२ असोज
गत असोज १३ गतेको आएको बाढीको कारण हजारौं विगहा जग्गामा लगाइएको धानबाली, माछा पोखरी, पोल्ट्री फर्म सहितका बाटो घाटो भौतिक संरचना तहसनहस हुँदा नेकपा एमाले रौतहटले यस जिल्लालाई बाढीग्रस्त घोषणा गराउन प्रमुख जिल्ला अधिकारी मार्फत मंगलावर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ता, केन्द्रीय सदस्य एवं पूर्व साँसद रेखा झा, एमाले नेता एवं लेखा आयोग सदस्य राजकिशोर यादवको विशेष उपस्थितिमा जिल्ला अध्यक्ष सचिदानन्द साहको नेतृत्वमा गएको एमालेका नेता एवं कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयमा प्रजिअ हिरालाल रेग्मी समक्ष जिल्लालाई बाढीग्रस्त घोषणा गर्न निर्णय गरेर प्रधानमन्त्री कार्यालयमा पठाउनका निमित्त ज्ञापन पत्र बुझाएका हुन् ।
उक्त ज्ञापन पत्र बुझाउने टोलीमा रामकिशोर महतो, श्यामसुन्दर पटेल, राजेशकुमार सिंह, मिथिलेश कुमार झा, ओमप्रकाश मधेशिया, अबधेश यादव, नमोनारायण पटेल, भैरव पटेल, विरेन्द्र महतो, सतिशकुमार झा, लक्ष्मि महतो लगायतका नेता एवं कार्यकर्ताहरु प्रमसख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै किसानको धान, माछापोखरी, कृषि फर्म, व्यापार क्षेत्र लगायतका क्षेत्रहरु पुर्ण रुपमा धारासायी भएको प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै यो जिल्लालाई बाढीबाट अति पिडित जिल्लाको सूचीमा घोषणा गरी राहतका प्याकेजहरु पठाउनुपर्नेमा जोड दिइएको उक्त ज्ञापन पत्रमा उल्लेख गरिएका छन् ।प्रमुख जिल्ला अकिारी हिरालाल रेग्मीले ज्ञापन पत्र प्राप्त भएको छ, हामी यसलाई प्रधानमन्त्री कार्यालयमा अहिले नै पठाइदिने आश्वासन दिए ।
यसैगरी रौतहटलाई बाढी संकटग्रस्त जिल्लाको रुपमा घोषणा गर्न नेकपा (एस) ले पनि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।