चन्द्रपुर,१२ कार्तिक
रौतहटको चन्द्रपुर नगरपालिकाले सोमबार बजार अनुगमन गरेको छ । चन्द्रपुर नगरपालिकाको उप प्रमुख जयमाला चौधरीको नेतृत्वमा बजार अनुगमन भएको हो । अनुगमन टोलीले चन्द्रनिगाहपुरमा रहेका अधिकांश किराना पसलका थोक तथा खुद्रा पसलमा अखाद्य बस्तु बिक्रि बितरण गर्ने गरेको भेटिएको छ । चन्द्रनिगाहपुर बजारमा रहेको सानो किराना पसलमा पनि म्याद नाघेको खाद्यय पदार्थ भेटिएको थियो । म्याद नाघेको खाद्य बस्तु भेटिएपछि सो पसलका संचालक कालुमान शाहीले अनुगमनमा अबरोध समेत गरेका थिए । अनुगमनकर्ताहरुलाइ बाहिर निकालेको खाद्य गुण नियन्त्रण कार्यालय मलंगवाका प्रतिनिधि दिल बहादुर चौधरीले बताए ।
सो पसलको गोदाममा अखाद्यय बस्तु धेरै हुन सक्ने उनको अनुमान थियो उनको पसलबाट म्याद नाघेको सातु बरामद गरिएको थियो ।यसैगरी बजारमा रहेको चेरी इन्टरप्राइजेजबाट पनि म्याद नाघेको खाद्य पदार्थ बरामद गरेको छ । अनुगमन गर्दा रंजन ट्रेर्डस,एसएस स्टोर्स,सलेस ट्रेर्डस,हिमांसु जेनरल स्टोर्स, आरोही टेड्रर्स र खान जेनरल स्टोर्सबाट म्याद नाघेको खाद्य पदार्थ बरामद गरेको अनुगमन समितिकी सदस्य सचिब चन्द्रकला बरालले जानकारी दिनुभएको छ ।
टोलीले मासु पसलको समेत अनुगमन गरेको छ । मासु पसल सफा सुग्घर राख्न अनुगमन टोलीका सदस्य तथा पशु शाखा प्रमुख दुर्गा प्रसाद चिमोरियाले पसल संचालकहरलाइ निर्देशन दिनुभएको छ ।
बजार अनुगमन टोलीले चन्द्रनिगाहपुर बजारमा तौलमा प्रयोग गरिने ढुंगा पनि बरादम गरेको छ । तौलमा प्रयोग गरिने ढुंगा अब आउदा दिनमा प्रयोग नगर्न र गरेको पाइएमा कार्वाही गरिने चन्द्रपुर नगर उद्योग बाणिज्य संघका प्रतिनिधि अन्नत अधिकारीले बताउनु भयो ।
उपभोक्ताका हित बिपरित गर्ने जो कोहीलाइ पनि कार्वाहीको दायरामा ल्याउनु पर्ने उपभोक्ता हित संरक्षण समिति रौतहटका अध्यक्ष टिका घिमिरेले बताउनु भएको छ । अनुगमनको क्रममा चन्द्रनिगाहपुर बजारका अधिकांश किराना पसलहरुमा म्याद नाघेको खाद्य पदार्थ बरादम गरेको र बरामद खाद्य पदार्थ नष्ट गरिएको बजार अनुगमन समितिकी सचिब चन्द्रकला बरालले जानकारी दिनुभएको छ । बजार अनुगमन गर्दा अखाद्यय पदार्थ बिक्री बितरण गर्ने जो कोहीलाइ पनि नगरपालिकाले कार्वाहीको दायरामा ल्याउने नगर उप प्रमुख जयमाला चौधरीले बताउनु भयो । अखद्य बस्तु बिक्री बितरण गर्न कसैलाइ पनि छृुट नभएको नगर उप प्रमुख चौधरीले बताउनु भएको छ । करिब १ बर्ष पछि अनुगमन समितिले बजार अनुगमन गरेको छ ।अनुगमन टोलीमा पशु शाखा प्रमुख दुर्गा प्रसाद चिमोरिया,चन्द्रपुर नगर उद्योग बाणिज्य संघका प्रतिनिधि अनन्त अधिकारी,इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरकी नायब सुब्बा कबिता कार्की,उपभोक्त हित संरक्षण मंच रौतहटका अध्यक्ष टिका घिमिरे, खाद्य गुण नियन्त्रण कार्यालय मलंगवाका प्रतिनिधि दिल बहादुर चौधरी,संचारकर्मी,प्रहरी प्रतिनिधि लगायतको टोलीको सहभागिता रहेको थियो ।