रौतहट, ७ चैत्र/ नेपाली कांग्रेस जिल्ला कार्य समिति रौतहटको विद्यार्थी विभाग प्रमुखमा श्यामहरी चौलागाईं मनोनित हुनु भएको छ ।
उहाँलाई नेपाली कांग्रेसका रौतहट जिल्ला सभापति एवम् मधेस प्रदेशका अर्थमन्त्री सुनिल यादवले जिम्मेवारी प्रदान गर्नुभएको थियो। युवा, विद्यार्थी बीचमा लोकप्रिय नेताको छवि बनाउनुभएका चौलागाईंले आफुलाई पार्टीले विश्वास गरेर दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघलाई चलायमान बनाउन पहल गर्ने तथा जिल्लाका विभिन्न भूभागमा रहेका क्याम्पसमा नेवि संघको संगठन विस्तार गर्ने बताउँदै रौतहटको विद्यार्थी आन्दोलनलाई नयाँ उचाइ प्रदान गर्ने धारणा राख्नुभयो। उहाँले आफुले शैक्षिक विकृति विसंगति विरुद्ध आवाज बुलन्द गर्दै शैक्षिक सुधारमा जोड दिने उद्देश्य रहेको जनाउँदै नेपाली कांग्रेसलाई युवा, विद्यार्थीको पहिलो रोजाइको पार्टी बनाउने योजना रहेको बताउनुभयो।