रौतहट, १२ बैशाख / चन्द्रपुर ८ सन्तपु्र स्थित स्वास्थ्य चौकीमा
अब अल्ट्रासाउण्ड मेसिनको सुविधा उपलब्ध हुने भएको छ । पोषण परियोजना कार्यान्वय गर्ने उद्देश्यले
कार्य गर्दै आइरहेको संस्था संरक्षण नेपालले चन्द्रपुर नगर पालिकाले चन्द्रपुर
नगरपालिकालाई सो मेसिन हस्तान्तरण गरेको हो । चन्द्रपुर नगर कार्यपालिकाको
कार्यालयमा आयोजित एक कार्यक्रममा संरक्षण, नेपाल पोषण परियोजना
संयोजक राजकिशोर चौधरीले नगर प्रमुख संजय कुमार काफ्लेलाई मेसिन हस्तान्तरण
गर्नुभएको थियो ।
सो. कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर उपप्रमुख जयमाला
चौधरी,
वडा नम्बर ८ का वडाध्यक्ष जितेन्द्र चौधरी , चन्द्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख राजेश ठाकुर, मात्रिका चालिसे , विभिन्न वडाका वडाध्यक्षहरु , सहयोगी संस्था केयर नेपाल, आइडिइ नेपालका प्रतिनिधीहरुको
उपस्थिति रहेको थियो । १६ लाख मूल्य बराबरको सो मेसिनको सुविधा गर्भवती महिलाले
निशुल्क लिन सक्ने संरक्षण नेपालले जनाएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख
काफ्लेले नगरपालिकाले नगरभरी स्वास्थ्य क्षेत्रको विकासको लागि निकै उदाहरणीय
कार्यहरु गर्दै आइरहेको स्मरण गर्दै यस्ता सहयोगी हातहरुले प्रदान गर्ने सहयोगहरुले
नगरमा स्वास्थ्यको विकासमा ठुलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
नगर
प्रमुख काफ्लेले सो मेसिन नगरपालिकाको तर्फबाट सन्तपुर स्वास्थ्य चौकीका निमित्त
प्रमुख चञ्चला चौधरीलाई हस्तान्तरण गर्नुभएको थियो ।