काठमाडौंः स्वतन्त्र सवारी चालकहरुले एक हप्तादेखि गरेको आन्दोलन फिर्ता लिएका छन्। आफ्ना मागहरु सम्बोधन गर्न सरकार तयार भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको हो। आन्दोलनका कारण विगत पाँच दिनदेखि सवारीसधान चल्न सकेका छैनन् भने काठमाडौंमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ। उनीहरुले विभिन्न मागहरु राख्नै आन्दोलनको घोषणा गरेका थिए। गृह सचिव प्रेम राई र प्रधानमन्त्री कार्यालयका सचिव केदार अधिकारीसँग भएको वार्तापछि आन्दोलन कार्यक्रम फिर्ता लिने सहमती जुटेको आन्दोलनका संयोजक बसन्त शर्माले बताए।