धनुषा ,२९ असोज//
मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दावि पेस गर्ने भएका छन् ।नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलहरूको समर्थनमा लोसपा नेपालका उपाध्यक्ष समेत रहेका सोनलले दाबी पेस गर्ने भएका हुन्।
सोनललाई नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जसपा र एकीकृत समाजवादी पार्टीले समर्थन गरेका छन् ।
यसअघि कांग्रेस, एमाले र जनमतको सहकार्यमा सरकार बनाउने प्रयास भएको थियो । यी तीनवटा पार्टीले हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई पत्र बुझाइसकेको थिए ।
तर जनमतले कांग्रेस एमालेको साथ छाडेपछि आज छुट्टै गठबन्धन बनेको हो ।