काठमान्डौ,२९ असोज//
प्रहरीले राजनीतिक दलहरुलाई झण्डा, व्यानरसहित कुनै किसिमको सार्वजनिक गतिविधि नगर्न अनुरोध गरेको छ ।
बैठक र विभिन्न सभा, समारोहका क्रममा मुख्य मुख्य राजनीतिक दलहरुलाई झण्डा, व्यानरसहित र्याली र कार्यक्रम नगर्न अनुरोध गरेको हो।
सुरक्षा संवेदनशीलताका दृष्टिले त्यस्तो अनुरोध गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले बताए ।
मंगलबार नेपाली कांग्रेसले सानेपा, आज एमालेले भनिमण्डल र माओवादीले महालक्ष्मीस्थानमा आफ्ना भेला, बैठक गर्ने गरेको छ । आज हुने एमाले बैठकको सुरक्षाका निम्ति प्रहरीले १५० जनशक्ति परिचालन गर्ने एसएसपी बोगटीले बताए ।