काठमान्डौ,२९ असोज//
प्रतिनिधि सभा विघटनपछि सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका तत्कालीन प्रमुख सचेतकसहित संग छलफल गरेका छन् ।
संसद् विघटनविरुद्ध सर्वोच्च अदालत जाने गृहकार्यमा लागेका सभामुख घिमिरेले सिंहदरबारमा दलहरूलाई बोलाएर छलफल गरेका हुन् ।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा अन्य दलका नेताहरूको सहभागितामा छलफल जारी छ । रास्वपाबाट भने कोही गएका छैनन् ।
सभामुख घिमिरेले ११ राजनीतिक दलहरूलाई छलफलमा बोलाएको उनको सचिवालयले जनाएको छ
।
छलफलमा संसद् पुनर्स्थापनाको माग लिएर सभामुख सर्वोच्च जाने या नजाने भन्ने विषयमा केन्द्रित रहेको बताइएको छ ।