सप्तरी,२ बैशाख //
सप्तकोशी ब्यारेजमा नुहाउने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ।
हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहाका दिपेन्द्र यादवका १७ वर्षीय छोरा रिपेशकुमार यादवको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरी निरीक्षक विजय कार्कीका अनुसार रिपेश साथीहरूसँग कोशी ब्यारेजको गोलघर नजिक नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। खबर प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरेको थियो।
खोजीका क्रममा गम्भीर अवस्थामा फेला परेका उनलाई उपचारका लागि भारदह अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।